आइतवार, आश्विन १४ गते २०८०

२०८०, आश्विन १४गते

1st Oct 2023

images

नेपाल टेलिकमले ल्यायो टिकटक च्यालेन्ज, विजेताले के पाउछन् उपहार?

नेपाल टेलिकमले ल्यायो टिकटक च्यालेन्ज, विजेताले के पाउछन् उपहार?

सोमवार, भाद्र २५ २०८०
सोमवार, भाद्र २५ २०८०
  • नेपाल टेलिकमले ल्यायो टिकटक च्यालेन्ज, विजेताले के पाउछन् उपहार?
    नेपाल टेलिकमले ‘नेपाल टेलिकम तीजको लहर टिकटक च्यालेन्ज’ सञ्चालन गरेको छ । नेपाल टेलिकमको आधिकारिक टिकटक एकाउन्टमार्फत उक्त च्यालेन्जमा सहभागी हुन सकिने छ । नेपाल टेलिकमको तीजको लहर गीतमा टिकटक बनाई यसमा सहभागी हुन सकिने छ । सो च्यालेन्ज हिजो (२०८० भाद्र २४) देखि प्रारम्भ भएको छ र आगामी असोज सात गते सम्म सहभागी हुन सकिने छ । विजेताहरुलाई नगद र अन्य पुरस्कारको व्यवस्था गरिएको छ । यस अनुसार सो च्यालेन्जमा पहिलो हुने विजेताले ४० हजार, दोस्रोले २० हजार र तेस्रोले १० हजार नगद पुरस्कार पाउने छन् । त्यसैगरी सान्त्वना पुरस्कारको रुपमा १० जना सहभागीलाई पाँच सय रुपैंयाँ बराबरको टप अप प्रदान गरिने टेलिकमको भनाई छ । नेपाली महिलाहरुको महान चाड तीजलाई रमणीय बनाई नेपाल टेलिकमसँग जोडिन समेत प्रेरित गर्ने उद्देश्यले टिकटक च्यालेन्ज सञ्चालन गरिएको हो । यसबाट तीज पर्व थप मनोरञ्जक बन्ने कम्पनीको अपेक्षा छ ।

    images
    images
    images
    images
    भर्खरै
    images
    images
    images
    साताको लोकप्रीय
    images
    थप समाचार

    ताजा अपडेट