शुक्रवार, फाल्गुण १८ गते २०८०

२०८०, फाल्गुण १८गते

1st Mar 2024

    शुक्रवार, फाल्गुण १८ २०८०

ललितपुर महिला उद्यमी मेलामा ५० लाख बढीको कारोबार हुने अपेक्षा


Nepal Raibar
२१, भाद्र २०८० (अर्काइभ बाट)
ललितपुर महिला उद्यमी मेलामा ५० लाख बढीको कारोबार हुने अपेक्षा
ललितपुरको याक प्यालेसमा महिला उद्यमी मेला-२०८० सुरु भएको छ । कोभिड महामारी र विश्वव्यापी आर्थिक मन्दीका कारण साना तथा मझौला व्यवसायीका उत्पादनले बजार पाउन नसकिरहेका बेला साना तथा मझौला व्यवसायी महासंघ नेपालले मेला आयोजना गरेको हो । बुधवारदेखि भदौ आगामी आइतबार भदौ २४ गतेसम्म चल्ने मेलामा महिला उद्यमीद्वारा उत्पादित सामाग्रीलाई प्राथमिकता दिइएको छ । महासंघ अन्तर्गत केन्द्रिय महिला समितिकी सहसचिव अनिता ठकुरीले पछिल्लो समय उद्योग व्यवसायमा आएको सुस्ततालाई चलायमान बनाउने उद्देश्यले प्रदर्शनीको आयोजना गरिएको बताइन । मेलामा नेपालको पूर्वदेखि पश्चिमसम्मका साना तथा मझौला व्यवसायीद्वारा उत्पादित सबै किसिममा सामग्री राखिएको उनले जानकारी दिइन् । ८० वटा स्टल रहेको मेलामा महिला उद्यमीहरुले उत्पादन गरेका हस्तनिर्मित सामान, ढाकाका कपडा, अल्लोका कपडा, बाँसका सामाग्री, चाँदीका गरगहना, चियापत्ति, लगायत सामाग्रीहरु छन्। निःशुल्क प्रवेशको व्यवस्था गरिएको महिला उद्यमी मेलालाई १० हजारले अवलोकन गर्ने र ५० लाख बढीको कारोबार हुने अपेक्षा महासंघले गरेको उनले बताइन् । महिला उद्यमी मेलाको उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले उद्घाटन गरेका थिए । सो क्रममा उनले सबै स्टलको अवलोकन गरी विभिन्न किसिमका स्वदेशी उत्पादनको बारेमा जानकारी लिएको थिए । मेला उद्घाटन कार्यक्रममा बोल्दै महासंघकी सह अध्यक्ष इनु पौडेलले महिलाहरु आर्थिक रुपमा सक्षम नभएसम्म मुलुकको सम्मुन्नत आर्थिक विकास हुन नसक्ने भन्दै सबै महिलालाई सफल उद्यमी बनाउनुपर्नेमा जोड दिइन् । उनले महिला उद्यमीहरुले उत्पादन गरेको सामाग्रीको अन्तर्राष्ट्रिय बजारीकरणको प्रस्ताव लैजाँदा सरकारी निकायहरुले चासो नदेखाएको गुनासो पनि गरिन् । सरकारले दिने सीपविकास उद्यमशिल तालिमलाई परिणाममुखी बनाउनुपर्ने उल्लेख गरिन् । मेला आगामी आइतबारसम्म चल्ने छ ।

ताजा अपडेट