आइतवार, आश्विन १४ गते २०८०

२०८०, आश्विन १४गते

1st Oct 2023

एकै दिन १७ सयले घट्यो सुनको भाउ, तोलाको कतिमा हुँदैछ कारोबार?


Nepal Raibar
२१, जेठ २०८० (अर्काइभ बाट)
साताको पहिलो कारोबार दिन आइतबार सुनको भाउमा ओरालो लागेको छ । सुनको भाउ आइतबार तोलामा १ हजार ७०० रुपैयाँले घटेको हो । योसँगै प्रतितोला छापावाल सुन १ लाख ११ हजार ६०० रुपैयाँ तेजाबी सुन १ लाख ११ हजार ५० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । गत शुक्रबार सुनको भाउ तोलामा ८०० रुपैयाँले बढेको थियो। यो दिन प्रतितोला छापावाल सुन १ लाख १३ हजार ३०० रुपैयाँ र तेजाबी सुन १ लाख १२ हजार ७५० रुपैयाँमा कारोबार भएको थियो । आइतबार चाँदीको भाउ पनि तोलामा २० रुपैयाँले घटेर १ हजार ४१५ रुपैयाँ कायम भएको छ । गत शुक्रबार तोलामा २५ रुपैयाँले बढेर चाँदी १ हजार ४३५ रुपैयाँमा किनबेच भएको थियो ।

ताजा अपडेट