आइतवार, आश्विन १४ गते २०८०

२०८०, आश्विन १४गते

1st Oct 2023

images

नेप्से परिसूचक ४४.३० अंकले बढ्यो, डेढ अर्बको कारोबार

नेप्से परिसूचक ४४.३० अंकले बढ्यो, डेढ अर्बको कारोबार

आइतवार, भाद्र २४ २०८०
आइतवार, भाद्र २४ २०८०
  • नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ४४ दशमलव ३० अङ्कले बढेको छ । आजको कारोबारमा परिसूचक दुई दशमलव २८ प्रतिशतले बढेर एक हजार नौ सय ८६ दशमलव ९९ अङ्कमा कायम भएको हो । आजको कारोबारमा विभिन्न कम्पनीका कुल ४७ लाख ४२ हजार पाँच सय ११ कित्ता शेयर ३७ हजार सात सय ९९ पटक खरिदबिक्री हुँदा रु एक अर्ब ५१ करोड ८३ लाख ४३ हजार तीन सय ९७ बराबरको कारोबार भएको छ । आजको कारोबारमा सबै समूहको उपसूचक हरियो देखिएको छ । सबैभन्दा वित्त समूहको उपसूचक तीन दशमलव ६५ प्रतिशत र व्यापार समूहको उपसूचक तीन दशमलव ६३ प्रतिशतले बढेको छ । आज थ्री स्टार हाइड्रोपावर लिमिटेडको शेयर मूल्य नौ दशमलव ९८ प्रतिशतले बढेको छ भने मेन्छियाम हाइड्रोपावर लिमिटेडको नौ दशमलव ९७, मोलुङ हाइड्रोपावर कम्पनी लिमिटेडको नौ दशमलव ८७, सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेड नौ दशमलव ८५ र प्रोग्रेसिभ फाइनान्स लिमिटेडको शेयर मूल्य आठ दशमलव ६५ प्रतिशतले बढेको छ । सबैभन्दा धेरै घट्नेमा सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–२ को शेयर मूल्य सात दशमलव ४३ले घटेको छ । कारोबार रकमका आधारमा आज साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको रु छ करोड २५ लाख ५२ हजार चार सय ४८ बराबरको कारोबार भएको छ । कारोबार भएका शेयर संख्याका आधारमा सबैभन्दा धेरै हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेड र बढी संख्यामा शेयर कारोबार हुनेमा आइएमई लाइफ इन्स्योरेन्स छ ।

    images
    images
    images
    images
    भर्खरै
    images
    images
    images
    साताको लोकप्रीय
    images
    थप समाचार

    ताजा अपडेट