नेप्से परिसूचकमा दोहोरो अङ्कको वृद्धि

धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १४ दशमलव ४१ अङ्कले उकालो लागेर एक हजार नौ सय ५२ दशमलव ६६ मा पुगेको छ ।
आजको कारोबारपछि ठूला कम्पनीको सेयर कारोबार मापक सेन्सेटिभ परिसूचक एक दशमलव ५३ अङ्कले बढेर तीन सय ७० दशमलव २४ मा पुगेको छ । कारोबार भएका कुल १३ उपसमूहमध्ये दुई उपसमूहको सेयर मूल्य ओरालो लाग्दा ११ उपसमूहको सेयर मूल्यमा गिरावट आएको छ ।
आजको कारोबारपछि बजार पुँजीकरण २८ खर्ब २८ अर्ब ८२ करोड ५८ लाख नौ सय ८६ बराबर पुगेको छ । विभिन्न कम्पनीका ४० लाख ५९ हजार एक सय ४९ कित्ता सेयर एक अर्ब २० करोड ४४ लाख नौ हजार चार सय ११ बराबरको कारोबार भएको छ ।
नेप्सेका अनुसार कारोबारका आधारमा साल्टटेडिङ कर्पोरेशन शीर्षस्थानमा छ । कम्पनीको १२ करोड सात लाख ८५ हजार पाँच सय तीन बराबरको कारोबार भयो । यस्तै हिमालयन डिस्टिलरी नौ करोड ३९ लाख ४४ हजार पाँच सय ५९, छिमेक लघुवित्त रु पाँच करोड ४५ लाख २० हजार तीन सय ३७, शिवम् सिमेन्ट रु तीन करोड ११ लाख छ हजार सात सय ३९ र एनआइसी एसिया बैंक तीन करोड दुई लाख १९ हजार एक सय ८४ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भएका छन् ।
नेप्सेका अनुसार सुभम् पावरको सेयर मूल्य १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ । यस्तै सुपर मादी हाइड्रोपावर नौ दशमलव ९७, सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किम दोस्रो आठ दशमलव शून्य दुई, इमर्जिङ नेपाल पाँच दशमलव ८० र स्वाभिमान लघुवित्तको शेयर मूल्य पाँच दशमलव २४ प्रतिशतले घटेको छ ।
त्यस्तै सिवाइसी नेपाल लघुवित्त पाँच दशमलव १८, नबिल इक्विटी फण्ड तीन दशमलव ८५, समिट लघुवित्त तीन दशमलव ४३, कुमारी धनवृद्धि योजना तीन दशमलव शून्य तीन र सामलिङ पावर कम्पनीको शेयर मूल्य दुई दशमलव ५३ प्रतिशतले घटेको छ ।
-
शेयर लगानीकर्ताले तिर्ने पुँजीगत लाभकरमा परिवर्तन नभएको अर्थमन्त्रालयद्वारा स्पष्ट
शेयर बजारका लगानीकर्ताले तिर्ने पुँजीगत लाभकरमा आर्थिक विधेयक, २०८० बाट कुनै परिवर्तन नभएको अर्थ...
२ घण्टा अगाडी २ मिनेट पाठ -
एकै दिन १७ सयले घट्यो सुनको भाउ, तोलाको कतिमा हुँदैछ कारोबार?
साताको पहिलो कारोबार दिन आइतबार सुनको भाउमा ओरालो लागेको छ । सुनको भाउ आइतबार...
४ घण्टा अगाडी १ मिनेट पाठ -
बैतडीका स्थानीय तह नीति तथा कार्यक्रमका लागि सुझाव सङ्कलन गर्दै
बैतडीका स्थानीय तहले आगामी आर्थिक वर्ष २०८०–८१ को नीति, बजेट तथा कार्यक्रम तर्जुमासम्बन्धी कार्य...
५ घण्टा अगाडी २ मिनेट पाठ -
सेयर लगानीकर्ताहरूबाट ब्रोकर कार्यालयमा तालाबन्दी
शेयर बजारका लगानीकर्ताहरूले सबै ब्रोकर कार्यालयमा तालाबन्दी गरेका छन् । सरकारले प्रस्तुत गरेको आगामी...
५ घण्टा अगाडी १ मिनेट पाठ -
१७ सयले घट्यो सुनको मूल्य, पढ्नुहोस् कतिमा हुँदैछ कारोबार?
साताको पहिलो कारोबार दिन आज आइतबार सुन र चाँदीको भाउ घटेको छ। सुन तोलामा...
५ घण्टा अगाडी १ मिनेट पाठ