शुभम् पावरले आइपिओ खुला गर्दै

शुभम पावर लिमिटेडले माघ १८ गतेदेखि सर्वसाधारणका लागि आइपिओ बिक्री खुला गर्ने भएको छ। कम्पनीले कम्पनीले प्रतिसेयर १०० अंकित मूल्यका ४ लाख ८१ हजार ८२२ कित्ता आइपिओ निष्कासन गर्न लागेको हो । आयोजना प्रभावित क्षेत्रका बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि उक्त आइपिओ बिक्री खुला गर्न लागेको हो ।
कम्पनीले १० प्रतिशले हुनआउने ५८ हजार ५८ कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई खुला गरिसकेको र ५ प्रतिशतले हुन आउने २९ हजार ३० कित्ता सामूहिक लगानी कोषमा बाँडफाँड गरिसकेको छ । यसैगरी ११ हजार ६१० कित्ता कर्मचारीहरूका लागी छुट्याएको छ। यस कम्पनीमा आवेदकले न्यूनतम १० कित्ता देखी अधिकतममा ५ हजार कित्ताका लागिसम्म आवेदन दिन सकिने व्यवस्था रहेको छ। कम्पनीको आइपिओ निष्कासन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल रहेको छ। उक्त सेयरमा माघ २२ गतेसम्म आवेदन दिन सकिनेछ। सो अवधिसम्म सबै सेयर बिक्री नभएमा निष्कासन अवधि फागुन ३ गतेसम्म लम्बिनेछ।
नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरेका सम्पूर्ण लगानीकर्ताले आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरू तथा सिडिएस एण्ड क्लियरिङबाट निर्माण तथा सञ्चालन गरिएको अनलाइन सफ्टवेयर मेरो सेयर प्रयोग गरी सी–आस्वा प्रणालीमार्फत आवेदन दिन सक्नेछन्। कम्पनीको आइपिओलाई रेटिङ एजेन्सी केयर नेपालले ‘केयर एनपी डबल बी प्लस’ रेटिङ प्रदान गरेको छ । जसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्छ ।
-
राष्ट्र बैंकद्वारा ९ वाणिज्य बैंकका अध्यक्ष, सञ्चालक तथा सीईओलाई कारबाही
नेपालको केन्द्रिय बैंक नेपाल राष्ट्र बैंकले ९ वाणिज्य बैंकका अध्यक्ष, सञ्चालक तथा सीईओलाई कारबाही...
१२ घण्टा अगाडी ३ मिनेट पाठ -
सुनको मूल्य बढ्दा चाँदीको घट्यो
नेपाली बजारमा आज सुनको मूल्य बढेको छ भने चाँदीको भाउ घटेको छ। नेपाल सुनचाँदी व्यवसायी...
१४ घण्टा अगाडी १ मिनेट पाठ -
अर्घाखाँची महोत्सवमा पाँच करोडको कारोबार
अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्कमा शुरु भएको पाँचौं अर्घाखाँची महोत्सव करिब पाँच करोडको कारोबार गर्दै...
१४ घण्टा अगाडी १ मिनेट पाठ -
माछापुच्छ्रे बैंकका ग्राहकलाई चिरायु नेसनल हस्पिटल र भक्तपुर हार्ट एण्ड डायवेटिक सेन्टरमा विशेष छुट
माछापुच्छ्रे बैंकका ग्राहकले चिरायु नेसनल हस्पिटल र भक्तपुर हार्ट एण्ड डायवेटिक सेन्टरमा विशेष छुट...
१६ घण्टा अगाडी २ मिनेट पाठ -
मंगलबार नेप्से परिसूचकमा हरियाली
मंगलबार नेप्से परिसूचक ७६.६४ अंकले बढेको छ। मंगलबार नेप्से ३.६५ प्रतिशतले बढेर २१७७.३४ विन्दुमा...
१ दिन अगाडी १ मिनेट पाठ