१५.६१ अंकले घट्यो नेप्से

साताको कारोबारको दोस्रो दिन सोमबार सेयर बजार घटेको छ। आज शेयर कारोबार मापक नेप्से परिसूचक १५.६१ अंकले घटेर १९५०.३७ बिन्दुमा पुगेको छ। यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ३.६५ अङ्कले बढेर ३८२.६१ मा पुगेको छ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २३६ कम्पनीको ३७ लाख ६१ हजार २९९ कित्ता सेयर खरिद बिक्री भएको छ। उक्त सेयर किनबेचमा १ अर्व ४९ करोड ४३ लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ। त्यस्तै, कारोबारको आधारमा हिमालयन डिस्टिलरी शीर्ष स्थानमा छ। यसको आज ४५ करोड ४ लाखभन्दा बढीको कारोबार भएको छ। त्यस्तै दोस्रोमा नबिल बैंक र तेस्रोमा शिभम् सिमेन्टको कारोबार भएको छ।
सोमबारको कारोबारमा १३ वटा उपसुचकमध्ये म्युचुअल फण्ड उपसूचकबाहेक सबै उपसूचक राताम्मे भएको छ। आजको कारोबारमा खप्तड लघुवित्त र गरिमा ऋणपत्रका लगानीकर्ताले अत्याधिक कमाएका छन्। भने, सिनर्जी पावर र ओरेन्टल होटलका लगानीकर्ताले अत्यधिक गुमाएका छन्।
-
राष्ट्र बैंकद्वारा ९ वाणिज्य बैंकका अध्यक्ष, सञ्चालक तथा सीईओलाई कारबाही
नेपालको केन्द्रिय बैंक नेपाल राष्ट्र बैंकले ९ वाणिज्य बैंकका अध्यक्ष, सञ्चालक तथा सीईओलाई कारबाही...
१२ घण्टा अगाडी ३ मिनेट पाठ -
सुनको मूल्य बढ्दा चाँदीको घट्यो
नेपाली बजारमा आज सुनको मूल्य बढेको छ भने चाँदीको भाउ घटेको छ। नेपाल सुनचाँदी व्यवसायी...
१४ घण्टा अगाडी १ मिनेट पाठ -
अर्घाखाँची महोत्सवमा पाँच करोडको कारोबार
अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्कमा शुरु भएको पाँचौं अर्घाखाँची महोत्सव करिब पाँच करोडको कारोबार गर्दै...
१४ घण्टा अगाडी १ मिनेट पाठ -
माछापुच्छ्रे बैंकका ग्राहकलाई चिरायु नेसनल हस्पिटल र भक्तपुर हार्ट एण्ड डायवेटिक सेन्टरमा विशेष छुट
माछापुच्छ्रे बैंकका ग्राहकले चिरायु नेसनल हस्पिटल र भक्तपुर हार्ट एण्ड डायवेटिक सेन्टरमा विशेष छुट...
१६ घण्टा अगाडी २ मिनेट पाठ -
मंगलबार नेप्से परिसूचकमा हरियाली
मंगलबार नेप्से परिसूचक ७६.६४ अंकले बढेको छ। मंगलबार नेप्से ३.६५ प्रतिशतले बढेर २१७७.३४ विन्दुमा...
१ दिन अगाडी १ मिनेट पाठ