शनिवार, आश्विन १३ गते २०८०

२०८०, आश्विन १३गते

30th Sep 2023

१९ कम्पनीहरूले गरे लाभांश प्रस्ताव (सूचीसहित)


Nepal Raibar
६, मंसिर २०७९ (अर्काइभ बाट)
१९ कम्पनीहरूले गरे लाभांश प्रस्ताव (सूचीसहित)
गत आर्थिक वर्षको मुनाफाबाट १९ कम्पनीहरूले हालसम्म लाभांश प्रस्ताव गरेका छन् । नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत कम्पनीहरूको सञ्चालक समितिको बैठकले लाभांश प्रस्ताव गरेका हुन् । जसमध्ये अधिकांश कम्पनीहरूले बोनस शेयरभन्दा नगद लाभांशमा जोड दिएका छन् । लाभांश घोषणा गर्नेमा ३ वटा वाणिज्य बैंक, पाँच बीमा कम्पनी, एक लघुवित्त संस्था, एक विकास बैंक, ६ सामूहिक लगानी कोष र तीन अन्य कम्पनी छन् । नेप्सेमा सूचीकृत २४२ मध्ये १४६ बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी छन् भने ५९ जलविद्युत् कम्पनी, १९ उत्पादन तथा प्रशोधन उद्योग, ६ लगानी कम्पनी, पाँच होटल, चार व्यापारिक संस्था र तीन अन्य समूहका छन् । अहिलेसम्म प्रभु बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंक लिमिटेडको लाभांश प्रस्ताव सार्वजनिक भएका छन् । बाँकी बैंकहरूले घोषणा गरे पनि सञ्चालक समितिले निर्णय गरिसकेका छैनन् ।