आइतवार, आश्विन १४ गते २०८०

२०८०, आश्विन १४गते

1st Oct 2023

images

नेपाल लाइफका अभिकर्ताले सिंगापुरमा आयोजित एमडिआरटी कन्फिरेन्समा फहराए नेपालको झण्डा

नेपाल लाइफका अभिकर्ताले सिंगापुरमा आयोजित एमडिआरटी कन्फिरेन्समा फहराए नेपालको झण्डा

सोमवार, भाद्र २५ २०८०
सोमवार, भाद्र २५ २०८०
  • नेपाल लाइफका अभिकर्ताले सिंगापुरमा आयोजित एमडिआरटी कन्फिरेन्समा फहराए नेपालको झण्डा
    नेपालको प्रतिनिधित्व गर्दै नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्सका चार जना एजेन्सी मेनेजरहरुले सिंगापुरमा आयोजित एमडिआरटी ग्लोवल कन्फिरेन्समा सहभागिता जनाएका थिए । विश्वस्तरिय मान्यता प्राप्त बीमा अभिकर्ताहरुको प्रतिष्ठित संस्था एमडिआरटीले आफ्नो ग्लोवल कन्फिरेन्स सिंगापुरमा भव्यताका साथ सम्पन्न गरेको हो । २७ देखि ३० अगस्ट सम्म चलेको कार्यक्रममा विश्वभरिबाट लगभग सात हजार पाँच सय जनाको उपस्थिति रहेको थियो । नेपाल लाइफ इन्स्योरेन्सबाट नेपाललाई प्रतिनिधित्व गर्दै कार्यक्रममा राम चन्द्र गौतम, रमा बुढाथोकी बस्नेत, सोमली शेर्पा र नेत्र कुमारी बुढाथोकी ज्युले सहभागिता जनाएका थिए । उनीहरुले अन्तर्राष्ट्रिय स्तरमा देशको झन्डा फहराउन पाउँदा आफुलाई निकै गौरवान्वित महसुस भएको र सो अवसर सिर्जना गरिदिएकोमा नेपाल लाइफ इन्स्योरेन्सलाई धन्यवाद ज्ञापन गरे । कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले यसरी अन्तर्राष्ट्रियस्तरमा देश र कम्पनीको प्रतिनिधित्व गर्नु गौरवको कुरा भएको बताए । यस्तो एक्सपोजरले व्यक्तित्व विकाशका साथै आफ्नो लर्निङ्ग कर्भलाई माथि लैजान निकै सहयोग पुग्ने बताए । कम्पनीले धेरै भन्दा धेरै अभिकर्ताहरुलाई एमडिआरटी बन्न उत्प्रेरणा प्रदान गरि रहेको कुरा पनि उनीहरुले जानकारी गराए । “किनकि जीवन अमुल्य” छ भन्ने मुल नारालाई आत्मसाथ गर्दै २२ वर्ष देखी नेपालीहरुको घर दैलोमा जीवन बीमा सम्बन्धि सम्पूर्ण सेवा प्रवाह गर्दै आएको नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको २०८० असार मसान्त सम्ममा लगानी एक खर्ब ७२ अर्व रुपैयाँ रहेको छ भने जीवन बीमा कोष करिव एक खर्ब ६३ अर्व रुपैयाँ संचित रहेको छ । कम्पनीले आफ्ना सेवाग्राहीहरु तथा ग्राहकहरूका लागि देशभर फैलिएका आफ्ना करिब एक सय ९२ कार्यालय सञ्जालहरू मार्फत जीवन बीमा सम्बन्धी सम्पूर्ण सेवा उपलब्ध गराइरहेको छ ।

    images
    images
    images
    images
    भर्खरै
    images
    images
    images
    साताको लोकप्रीय
    images
    थप समाचार

    ताजा अपडेट