माछापुच्छ्रे बैंकले आगामी असोज १८ गते बिहीबारका दिन वार्षिक साधारण सभा गर्ने निर्णय गरेको छ । माछापुच्छ्रे बैंक चालू आर्थिक वर्ष २०७९/८० मा साधारण सभा घोषणा गर्ने पहिलो बैंक बनेको हो ।
बैंकले आफ्ना शेयरधनीहरुलाई गत आर्थिक वर्षको मुनाफबाट १४ प्रतिशत लाभांश वितरण गर्न नेपाल राष्ट्र बैंकबाट स्वीकृति पाइसकेको छ । चुक्ता पुँजीको १३ दशमलव ३० प्रतिशत बोनस शेयर र ० दशमलव ७० प्रतिशत नगद लाभांश कर प्रयोजनका लागि गरेर जम्मा करसहित १४ प्रतिशत लाभांश वितरण गर्न लागेको बैंकले जनाएको छ ।
साधारण सभाले सो लाभांश पारित गरे गर्ने छ । बैंकले गत आर्थिक वर्षमा १ अर्ब ६२ करोड ५५ लाख रुपैयाँ खुद नाफा गरेर प्रतिशेयर आम्दानी १५ रुपैयाँ ८५ पैसा कायम गरेको थियो । बैंकको चुक्ता पुँजी १० अर्ब २५ करोड रुपैयाँ तथा साधारण जगेडा कोषमा २ अर्ब ६९ करोड रुपैयाँ सञ्चित छ ।