आइतवार, आश्विन १४ गते २०८०

२०८०, आश्विन १४गते

1st Oct 2023

सानिमा बैंकद्वारा दिर्घायु तलब बचत खाता अन्तर्गत दुर्घटना बीमा रकम हस्तान्तरण


Nepal Raibar
२८, आषाढ २०८० (अर्काइभ बाट)
सानिमा बैंकद्वारा दिर्घायु तलब बचत खाता अन्तर्गत दुर्घटना बीमा रकम हस्तान्तरण
सानिमा बैंकले सानिमा दिर्घायु तलब बचत खाता अन्तर्गत दुर्घटना बीमा दाबी रकम भुक्तानी गरेको छ । बैंकले सानिमा दिर्घायु तलब बचत खाता अन्तर्गत रु. १० लाखको दुर्घटना बीमा दाबी रकम भुक्तानी गरेको हाे । बैंकका खातावाला भुमिका आलेको दुर्घटना भई मुत्यु भएकोले निजको हकवाला क्षितिज आलेलाई रु. १० लाखको दुर्घटना बीमा रकम भुक्तानी गरिएको छ । सानिमा बैंकका कुमारीपाटी शाखाका शाखा प्रबन्धक श्रीमती रोमिला कोइरालाले बीमा प्रदायक कम्पनी सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडको संयोजनमा बीमा रकमको चेक हस्तान्तरण गरेको हो । स्वर्गीय भुमिका आलेले सानिमा बैंकको कुमारीपाटी शाखामा सानिमा दिर्घायु तलब बचत खाता खोलेको थियो । सानिमा बैंकले दिर्घायु बचत तलब खाता अन्तर्गत रु. १० लाखको दुर्घटना बीमा, रु. ३ लाखसम्मको १३ घातक रोगहरुको उपचार बीमा, रु. १० हजारसम्मको ओपिडि भुक्तानी शुल्क सहितको रु. ५० हजारसम्मको औषधी उपचार बीमा, रु. ५० हजारको आवधिक जीवन बीमा र रु. ५ हजारको वार्षिक स्वास्थ्य परीक्षण सुविधा प्रदान गर्दै आइरहेको छ ।