आइतवार, आश्विन १४ गते २०८०

२०८०, आश्विन १४गते

1st Oct 2023

माछापुच्छ्रे बैंकको एक्सटेन्सन काउन्टर कर्मचारी सञ्चय कोष भवन लगनखेलमा


Nepal Raibar
९, माघ २०७९ (अर्काइभ बाट)
माछापुच्छ्रे बैंकको एक्सटेन्सन काउन्टर कर्मचारी सञ्चय कोष भवन लगनखेलमा
सेवाग्राहीहरुको सुविधालाई मध्यनजर गर्दै माछापुच्छ्रे बैंक लि.ले ललितपुरको लगनखेल स्थित कर्मचारी सञ्चय कोष भवनमा नयाँ एक्सटेन्सन काउन्टर संचालनमा ल्याएको छ । बैंकले आज सोमबार औपचारिक कार्यक्रमको आयोजना गरि उक्त एक्सटेन्सन काउन्टरको समुद्घाटन गरेको हो । कर्मचारी सञ्चय कोषकासह–प्रशासकश्री जीवन कुमार कटवालज्यूले उक्त एक्सटेन्सन काउन्टरको समुद्घाटन गरेका थिए । उक्त कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत श्री सन्तोष कोइराला ज्यू तथा अन्य उच्च पदस्थ कर्मचारीहरुकोसमेत उपस्थिती रहेको थियो । सो एक्सटेन्सन काउन्टरको स्थापना भए सगैँ बैंकको हाल सम्मदेशभर ११ वटा एक्सटेन्सन काउन्टर संचालनमा रहेका छन् । माछापुच्छ्रे बैंक लि.ले देशका हरेक बर्ग तथा समुदायसम्म बैंकिङ्ग सेवाको पहुँचका लागि नयाँ नयाँ स्थानहरुमा आफ्नो सेवा विस्तार गर्दै आएको छ र नयाँ एक्सटेन्सन काउन्टर मार्फत ग्राहकको खाता खोल्ने, निक्षेप संकलन तथा भुक्तानी,विप्रेषण लगायतका अन्य बैंकिङ्ग सुविधाहरु समेत प्रदान गर्नेछ ।

ताजा अपडेट