आइतवार, आश्विन १४ गते २०८०

२०८०, आश्विन १४गते

1st Oct 2023

images

कृषिमा भविष्य देख्दै ९० वर्षीय गुरुङ

कृषिमा भविष्य देख्दै ९० वर्षीय गुरुङ

शुक्रवार, भाद्र २९ २०८०
शुक्रवार, भाद्र २९ २०८०
  • कृषिमा भविष्य देख्दै ९० वर्षीय गुरुङ
    तनहुँको व्यास नगरपालिका–५ पाटन निवासी केबी गुरुङ ९० वर्ष पुगे । उमेरले डाँडा काटिसके पनि उनमा जोश र जाँगर भने १६ वर्षे जावनीको भन्दा कम छैन । साविक कृषि विकास कार्यालयको अधिकृत पदको जागिर छाडेर कृषि पेशामा लागेका उनले एक सयरोपनी भन्दा बढी जमिनमा विभिन्न खेती गर्दै आएका छन् । आठ वर्षसम्म अधिकृतस्तरको सेवा गरेका गुरुङले विसं २०३२ मा जागिर छाडेर जडीबुटी, फलफूल र बाँस खेती गरेका हुन् । भारतको कानपुरमा बिएसी पास गरेर आएपछि नेपालका विभिन्न जिल्लामा जागिर गर्दै तनहुँमा सरुवा भएर आएपछि कृषि क्षेत्रतर्फ आफ्नो मोह बढेको उनले बताए । जिल्लामा आएको चार वर्षपछि अन्यत्र जिल्लामा सरुवा गभएपछि जागिरभन्दा कृषि पेशातर्फ आकर्षित भएको गुरुङको भनाइ थियो । यस जिल्लाबाट अन्यत्रै सरुवा गरेपछि बगैँचा छाड्ने कि जागिर भन्ने दुबिधा भयो र अन्ततः जागिर नै छोडिएको उनले बताए । विगत वर्षमा वार्षिक तीस लाखदेखि चालिस लाखसम्मको बाँस र बाँसका बिरुवा बिक्री गर्दै आए पनि गत वर्ष मुस्किलले रु दस लाख बराबरको बिक्री गरिएको गुरुङले बताए । महामारीको रुपमा फैलिएको कोरोनापश्चात् मानिस विदेश पलायन हुने क्रम बढेसँगै कृषि पेशा ओझेलमा पर्दै गएकोमा उनले चिन्ता व्यक्त गरे । ‘अबको एक वर्षभित्र अगरउड बिक्री गर्न लायक भएकाले करोडौँका अगरउड बिक्री गर्ने योजना छ’, गुरुङले भने, ‘२६ वर्ष पूरा भएका दुई सय ५० वटा रुखमा कृत्रिम रसायन दिई अगरउड उत्पादन गर्न लागेको छु । भारतको आसामबाट प्रतिबिरुवा रु पचासमा खरिद गरेर व्यावसायिकरुपमा बिरुवा लगाइएको अगरउड बिक्री हुन थालेपछि मात्रै खुसीको क्षण आउने छ ।’ अगरउडको खेतीसँगै उनले बर्सेनि करिब रु दुई-तीन लाखको अगरउडका बिरुवा बिक्री गर्दै आएका छन् । रित्तो डोको लिएर आएको थिएँ, छिट्टै भरी नोट लिने सपना बुनेको छु’, गुरुङले भने, ‘सरकारले अगरउड र गाँजा खेतीलाई बढवा दिनसके देशको विकासमा आमूल परिवर्तन गर्न सकिन्छ ।’ अगरउडको बोक्राबाट सिन्केधूप र बाटेको धूप बनाउन सकिन्छ भने सक्कली अगरउड सुनको मूल्य बराबरमै बिक्री हुने अति महँगो बास्नादार बस्तु उत्पादन हुन्छ । किसान गुरुङका बगैँचामा अगरउडका साथै सुगन्ध कोचिला, तेजपात, श्रीखण्ड, एभोकाडो, सुन्तला, कागती, आँप, लिची, रुद्राक्षलगायत फलफूल र जडीबुटी छन् । त्यसैगरी बाँसतर्फ स्थानीय, इण्डियन बाँस, लठ्ठे, नियाले चिल्ले, तारुका, ढुङ्ग्रे, मला, तामा, धनुलगायत बीस प्रजातिका बाँस अहिले बगैँचामा छन् । सुरुमा ४२ प्रजातिका बाँस लगाए पनि केही चोरी भएको र केही मरेका कारण बाँसका प्रजाति घट्दै गएको उनले बताए । कृषि क्षेत्रमा नै जीवन बिताउँदै आएका किसान गुरुङमा पछिल्लो समय दुबै मिर्गौलाको समस्या भएकाले केही समय अघिदेखि डायलासिस गर्दै आएका छन् । डायलासिसमा मासिक रु पैतालिस हजार खर्च गरी उपचार गर्दै आएको उनले बताए ।

    images
    images
    images
    images
    भर्खरै
    images
    images
    images
    साताको लोकप्रीय
    images
    थप समाचार

    ताजा अपडेट