एक करोडभन्दा बढीमा ठेक्का लाग्यो बागवानीको आँप

सर्लाही लालबन्दी नगरपालिका–१ स्थित नवलपुरको उष्ण प्रदेशीय बागवानी केन्द्रले यसवर्ष एक करोड ११ लाख ६० हजारमा आँप ठेक्का लगाएको छ ।केन्द्रका निमित्त प्रमुख रामकुमार यादवले यसवर्ष विगतको तुलनामा धेरै आँप फलेकाले सबैभन्दा बढी रकममा आँप ठेक्का लागेको बताए। करिब तीन सय बिघा क्षेत्रफलमा फैलिएको बागवानी केन्द्रमा छ हजार आँप र छ सय २१ लिचीका बोट छन् । यहाँ ३५ जातका आँप र आठ जातका लिचीका बोट छन् ।
बगैँचामा भारतमा पाइने बम्बई, मालदह, दसहरी, अम्रपालि, कलकतिया, निलम, मलिका, सुकतारा, सिपिया, कृष्णभोग र जर्दा जातका आँप छन् भने पाकिस्तानमा पाइने अमनदसहरी, फजिली, अनबरतौल, नुरजाहा र अबेहयात जातका आँपका बोट छन् । साथै थाइल्याण्डमा पाइने डकमाइ र अमेरिकामा पाइने हेडेन तथा केन्ट जातका आँप पनि छन् भने अर्लीलार्ज रेड, शाही, मुज्फरपुर, सिडलेस, मैक्लिन, बम्बई, कलकतिया र चाइन गरी आठ प्रजातिका लिचीका बोट छन् ।
यस वर्षका लागि लिची १२ लाख १८ हजारमा ठेक्का लगाइसकेको केन्द्रका निमित्त प्रमुख यादवले बताए । “केन्द्रमा यसवर्ष विगतका तुलनामा आँप धेरै फले पनि लिची भने कम फलेको तर लिचीमा पनि विगतको तुलनामा बढी रकममा ठेक्का लागेको छ”, उनले भने ।
यसवर्ष आँपमा औषधि तथा विषादी छर्कनका लागि करिब २४ लाख खर्च गरी आधुनिक मेसिनसमेत खरिद गरेर ल्याइएको केन्द्रले जनाएको छ । जमिनबाट ६० फिट उचाइसम्म सजिलै विषादी छर्न सकिने यो मेसिन नेपालमै पहिलो पटक प्रयोग भइरहेको केन्द्र प्रमुख यादवले बताए ।
-
शेयर लगानीकर्ताले तिर्ने पुँजीगत लाभकरमा परिवर्तन नभएको अर्थमन्त्रालयद्वारा स्पष्ट
शेयर बजारका लगानीकर्ताले तिर्ने पुँजीगत लाभकरमा आर्थिक विधेयक, २०८० बाट कुनै परिवर्तन नभएको अर्थ...
१२ मिनेट अगाडी २ मिनेट पाठ -
एकै दिन १७ सयले घट्यो सुनको भाउ, तोलाको कतिमा हुँदैछ कारोबार?
साताको पहिलो कारोबार दिन आइतबार सुनको भाउमा ओरालो लागेको छ । सुनको भाउ आइतबार...
३ घण्टा अगाडी १ मिनेट पाठ -
बैतडीका स्थानीय तह नीति तथा कार्यक्रमका लागि सुझाव सङ्कलन गर्दै
बैतडीका स्थानीय तहले आगामी आर्थिक वर्ष २०८०–८१ को नीति, बजेट तथा कार्यक्रम तर्जुमासम्बन्धी कार्य...
४ घण्टा अगाडी २ मिनेट पाठ -
सेयर लगानीकर्ताहरूबाट ब्रोकर कार्यालयमा तालाबन्दी
शेयर बजारका लगानीकर्ताहरूले सबै ब्रोकर कार्यालयमा तालाबन्दी गरेका छन् । सरकारले प्रस्तुत गरेको आगामी...
४ घण्टा अगाडी १ मिनेट पाठ -
१७ सयले घट्यो सुनको मूल्य, पढ्नुहोस् कतिमा हुँदैछ कारोबार?
साताको पहिलो कारोबार दिन आज आइतबार सुन र चाँदीको भाउ घटेको छ। सुन तोलामा...
४ घण्टा अगाडी १ मिनेट पाठ