भोजपुरमा सुन्तला उत्पादनमा वृद्धि

भोजपुरमा यस वर्ष सुन्तला उत्पादनमा वृद्धि भएको छ । यहाँ आठ सय ५३ मेट्रिक टन बढी सुन्तला उत्पादन वृद्धि भएको हो । यस वर्ष छ हजार दुई सय ९३ मेट्रिक टन सुन्तला उत्पादन भएको कृषि ज्ञान केन्द्र भोजपुरले जनाएको छ । गत वर्ष पाँच हजार चार सय ४० मेट्रिक टन सुन्तला उत्पादन भएको थियो ।
जिल्लाको सबै स्थानीय तहमा सुन्तला उत्पादन हुने भए पनि विशेष गरेर टेम्केमैयुङ गाउँपालिका, भोजपुर नगरपालिका, षडानन्द नगरपालिका, हतुवागढी गाउँपालिका र रामप्रसादराई गाउँपालिकामा सुन्तला बढी उत्पादन हुने गर्दछ । अन्य बालीका तुलनामा सुन्तला खेतीबाट राम्रो आम्दानी हुने तथा घरैबाट बिक्री हुने भएकाले यसतर्फ कृषकको आकर्षण बढेको कृषि ज्ञान केन्द्र भोजपुरका सूचना अधिकारी विश्वास अङगाईँले बताए । ‘यस वर्ष भोजपुरमा सुन्तला उत्पादनमा वृद्धि भएको छ’, उनले भने, ‘मौसम अनुकूल भएकाले सुन्तला राम्रो फलेको देखिन्छ । हामीले पनि किसानलाई प्राविधिक सहयोग गरिरहेका छौँ ।’
उत्पादन भएको सुन्तला प्रतिकेजी रु एक सयदेखि एक सय २० मा बिक्री हुँदै आएको छ । जिल्लाभर नौ सय २० हेक्टर क्षेत्रफलमा सुन्तला खेती भएको केन्द्रले जनाएको छ ।
-
पोखरा महानगरका किसानलाई अनुदानमा कृषि उपकरण
कास्कीको पोखरा महानगरपालिकाले कृषकलाई अनुदानमा कृषि उपकरण वितरण गरेको छ । महानगरले किसानलाई आधुनिक...
९ घण्टा अगाडी २ मिनेट पाठ -
दुई दशकदेखि गाईपालनमा जमेका वासुदेव
व्यवसाय सञ्चालन गर्ने र छोड्ने नेपाली समाजको वास्तविकतामा रामपुरका वासुदेव ढुङ्गाना भने फरक देखिएका...
१ दिन अगाडी ५ मिनेट पाठ -
आज यस्तो छ तरकारी र फलफूलको मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक...
१ दिन अगाडी २ मिनेट पाठ -
आज यस्तो छ तरकारी र फलफूलको मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक...
२ दिन अगाडी २ मिनेट पाठ -
पर्वतमा किसानका लागि पोषण सुरक्षा कार्यक्रम
पर्वतमा किसानका लागि पोषण सुरक्षा कार्यक्रम सुरु भएको छ । किसानको आनीबानीमा सुधार गरी...
३ दिन अगाडी २ मिनेट पाठ