आइतवार, आश्विन १४ गते २०८०

२०८०, आश्विन १४गते

1st Oct 2023

images

३९.४८ अंकले बढ्यो नेप्से

३९.४८ अंकले बढ्यो नेप्से

बुधवार, भाद्र २७ २०८०
बुधवार, भाद्र २७ २०८०
  • साताको चौथो कारोबार दिन बुधबार नेप्से परिसूचक ३९.४८ अंकले बढेको छ । यस दिन परिसूचक दुई प्रतिशतले बढेर २००७.०६ विन्दुमा रोकिएको हो । आज १३ वटै समूहको परिसूचक बढेको छ । बढेको बजारमा सर्वाधिक कमाउनेमा हाइड्रोपावर समूहका लगानीकर्ता रहेका छन् । यो परिसूचक ३.६२ प्रतिशतले वृद्धि भएको छ । त्यस्तै, फाइनान्स समूहको परिसूचक ३.२ प्रतिशतले वृद्धि भएको छ । बरूण हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएको छ भने शुभम् पावर लिमिटेड, समता घरेलु लघुवित्त वित्तीय संस्था र अरुण कावेली हाइड्रोपावरको सेयर मूल्य नौ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । थ्रीस्टार हाइड्रोपावर लिमिटेडको सेयर मूल्य आठ प्रतिशतले घटेको छ । एनआईसी एसिया बैंकको सेयर कारोबारले सर्वाधिक हिस्सा ओगटेको छ । यो कम्पनीको सात करोड ९३ लाख रुपैयाँको सेयर खरिद बिक्री भएको छ । २७५ धितोपत्रको ५१ लाख ४४ हजार ७२४ हजार कित्ता एक अर्ब ४९ लाख रुपैयाँमा करोबार भएको छ ।

    images
    images
    images
    images
    भर्खरै
    images
    images
    images
    साताको लोकप्रीय
    images
    थप समाचार

    ताजा अपडेट