आज प्रि-ओपन सेसनमा नेप्से सूचक ०.१७ अंकले बढ्यो । योसँगै सूचक १९८७.१६ विन्दुमा उक्लियो । सेसन अवधिमा १७ कम्पनीको १७ सय ४१ कित्ता सेयर किनबेच भयो । जसमा २४ पटक सेयर कारोबार हुँदा ७ कम्पनीको भाउ बढ्दा ७ वटाको मूल्य घट्यो ।
सेयर किनबेचबाट १ लाख ५७ हजार रुपैयाँभन्दा बढीको कारोबार भएको छ । संविधानसभाका अध्यक्ष सुवास नेम्वाङको राजकीय सम्मानका साथ अन्त्यष्टि गरिने भएको छ । संविधानसभाका अध्यक्षसमेत रहेका नेम्वाङको आज निधन भएको थियो । मन्त्रिपरिषदको बैठकले यस्तो निर्णय गरेको पर्यटन मन्त्री सुदन किराँतीले जानकारी गराए ।
उनका अनुसार छोराहरु विदेशमा रहेकाले आएपछि मात्रै अन्त्यष्टि गरिने तयारी भएकाले जहिले अन्त्यष्टि गरिन्छ त्यही दिनमा नै सार्वजनिक बिदा दिने निर्णय भएको छ ।