आइतवार, आश्विन १४ गते २०८०

२०८०, आश्विन १४गते

1st Oct 2023

घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?


Nepal Raibar
२०, भाद्र २०८० (अर्काइभ बाट)
नेपाली बजारमा बुधबार पनि सुनको भाउ ओरालो लागेको छ। आज सुनको भाउ तोलामा ३०० रुपैयाँले घटेको छ । योसँगै प्रतितोला छापावाला सुन १ लाख १२ हजार ४०० रुपैयाँ र तेजाबी सुन १ लाख ११ हजार ८५० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो मंगलबार पनि सुनको भाउ तोलामा ३०० रुपैयाँले घटेको थियो। यो दिन प्रतितोला छापावाल सुन १ लाख १२ हजार ७०० रुपैयाँ र तेजाबी सुन १ लाख १२ हजार १५० रुपैयाँमा किनबेच भएको थियो। आज चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँले घटेर १ हजार ४३० रुपैयाँ कायम भएको छ। हिजो तोलामा २० रुपैयाँले घटेर चाँदी १ हजार ४४५ रुपैयाँमा कारोबार भएको थियो।

ताजा अपडेट