दोहोरो अंकले उकालो लाग्यो नेप्से

सातामा कारोबार हुने दोस्रो दिन सोमबार सेयर बजार उकालो लागेको छ । आज नेप्से सूचकमा २२.६५ अंकले उकालो लागि १९४९.०६ विन्दुमा पुगेको छ । ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक २.९७ अंकले बढेर ३६६.५० विन्दुमा पुगेको छ ।
आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कूल २५८ कम्पनीको ५२ लाख ५५ हजार ८६ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्ब २९ करोड ८५ लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ ।
त्यस्तै, कारोबारको आधारमा आइएमइ जनरल इन्स्योरेन्स शीर्ष स्थानमा छ । यसको ७ करोड ६३ लाखभन्दा बढीको कारोबार भएको छ । त्यस्तै एनआइसी एसियाको ६ करोड १९ लाखभन्दा बढीको कारोबार भएको छ । यता आज सबै उपसूचकहरुमा उकालो लागेको छ । उक्त उपसूचकहरु मध्ये ट्रेडिङ सुचकको ३.६४ प्रतिशत, होटल तथा पर्यटन र हाइड्रोपावर सूचक २ प्रतिशतले उकालो लागेको छ ।
आजको कारोबारमा युनिक नेपाल लघुवित्त वित्तीय संस्थाको १० प्रतिशतले सेयर मूल्य बढेको छ । यस कम्पनीका लगानीकर्ताले अत्याधिक कमाएका छन् ।
-
शेयर लगानीकर्ताले तिर्ने पुँजीगत लाभकरमा परिवर्तन नभएको अर्थमन्त्रालयद्वारा स्पष्ट
शेयर बजारका लगानीकर्ताले तिर्ने पुँजीगत लाभकरमा आर्थिक विधेयक, २०८० बाट कुनै परिवर्तन नभएको अर्थ...
३६ मिनेट अगाडी २ मिनेट पाठ -
एकै दिन १७ सयले घट्यो सुनको भाउ, तोलाको कतिमा हुँदैछ कारोबार?
साताको पहिलो कारोबार दिन आइतबार सुनको भाउमा ओरालो लागेको छ । सुनको भाउ आइतबार...
३ घण्टा अगाडी १ मिनेट पाठ -
बैतडीका स्थानीय तह नीति तथा कार्यक्रमका लागि सुझाव सङ्कलन गर्दै
बैतडीका स्थानीय तहले आगामी आर्थिक वर्ष २०८०–८१ को नीति, बजेट तथा कार्यक्रम तर्जुमासम्बन्धी कार्य...
४ घण्टा अगाडी २ मिनेट पाठ -
सेयर लगानीकर्ताहरूबाट ब्रोकर कार्यालयमा तालाबन्दी
शेयर बजारका लगानीकर्ताहरूले सबै ब्रोकर कार्यालयमा तालाबन्दी गरेका छन् । सरकारले प्रस्तुत गरेको आगामी...
४ घण्टा अगाडी १ मिनेट पाठ -
१७ सयले घट्यो सुनको मूल्य, पढ्नुहोस् कतिमा हुँदैछ कारोबार?
साताको पहिलो कारोबार दिन आज आइतबार सुन र चाँदीको भाउ घटेको छ। सुन तोलामा...
४ घण्टा अगाडी १ मिनेट पाठ