अर्थतन्त्रलाई चलायमान बनाउन एकल अंकको ब्याजदर आवश्यक: चेम्बर अध्यक्ष मल्ल

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले अर्थतन्त्रलाई चलायमान बनाउने हो भने एकल अंकको ब्याजदर कायम गरिनुपर्ने बताएका छन् । हाल कायम उच्च ब्याजदरले उद्योग व्यवसाय एवं लगानी प्रभावित भएको अध्यक्ष मल्लले बताए ।
तुलसीपुर चेम्बर अफ कमर्सको दोस्रो साधारण सभालाई शनिवार सम्बोधन गर्दै अध्यक्ष मल्लले अर्थतन्त्रलाई चलायमान बनाउनका लागि पनि एकल अंकको ब्याजदर आवश्यक रहेकोमा जोड दिए । आर्थिक स्थायित्व र व्यावसायिक वातावरण निर्माणका लागि ब्याजदरमा लकअप प्रणाली लागु गर्नुपर्ने अध्यक्ष मल्लको भनाई छ । ब्याजदर अस्थिर हुँदा ऋणीहरु मर्कामा परेको र लगानीको वातावरण सिर्जना हुन नसकेको भन्दै अध्यक्ष मल्लले लकअप प्रणालीमा जानुपर्ने बताएका हुन् ।
उद्योग व्यवसाय सञ्चालन, घरजग्गा, कृषि लगायत विभिन्न प्रयोजनमा ऋण लिने प्रक्रियामा सुरुवाती चरणमै निश्चित ब्याजदर कायम गर्ने र पछि फेरबदल नहुने हो भने वित्तीय क्षेत्रमा अस्थिरता नआउने अध्यक्ष मल्लको भनाई छ ।
अर्थतन्त्रको वर्तमान अवस्थालाई सुधार गर्न सरकार निजी क्षेत्र मिलेर हातेमालो गर्नुपर्ने अध्यक्ष मल्लले बताए । उनले भने, ‘अन्त्रको आन्तरिक पाटो अहिले पनि जोखिमकै अवस्थामा छ ,। रोजगारी सिर्जना हुन सकेको छैन । उत्पादन हुन नसक्दा कृषिजन्य बस्तुहरु समेत आयत गर्नु पर्ने अवस्था आउनु विडम्बना भएको छ, ।’ ब्याजदर एकल अंकमा आउन सक्यो भने अर्थतन्त्र पुन चलायमान हुने अध्यक्ष मल्लले बताए ।
यस्तै अध्यक्ष मल्लले स्थानीय तहमा कृषि उत्पादन वृद्धि हुने गरी समन्वय गर्न जिल्ला चेम्बरलाई अध्यक्ष मल्लले आग्रह गरे । स्थानीय तहमा उत्पादित बस्तुको बजारीकरणका लागि जिल्ला चेम्बरले समन्वयन गर्न सक्ने अध्यक्ष मल्लले बताए ।
-
सेयर बजार ओरालो
बुधबार सेयर बजार ओरालो लागेको छ । बुधबार नेप्से सूचक १५.७६ अंकले घटेर १९३३.२९...
५ घण्टा अगाडी १ मिनेट पाठ -
महालक्ष्मी विकास बैंकका ग्राहकहरुलाई मनकामना केबुलकार सेवामा विशेष छुट
मनकामना केबुलकार सेवामा महालक्ष्मी विकास बैंकका ग्राहकहरुले विशेष छुट पाउने भएका छन्। “सबल बैंक, सफल...
६ घण्टा अगाडी १ मिनेट पाठ -
२ हजारले घट्यो सुनको भाउ, चाँदीको कति?
सुनको भाउ बुधबार दुई हजार रुपैयाँले घटेको छ । मंगलबारको तुलनामा दुई हजार रुपैयाँले...
९ घण्टा अगाडी १ मिनेट पाठ -
प्रि-ओपन सेसन नेप्सेमा ३.१२ अंकले वृद्धि
प्रि-ओपन सेसनमा नेप्से सूचक बुधबार ३.१२ अंकले वृद्धि भएको छ। नेप्स सूचक ३.१२ अंकले बढेर...
१० घण्टा अगाडी १ मिनेट पाठ -
स्टार्ट अप उद्यमले २५ लाख विनाधितो कर्जा पाउने बाटो खुला
स्टार्ट अप उद्यमले २५ लाख रुपैयाँसम्मको सहुलियतपूर्ण कर्जा पाउने बाटो खुलेको छ । सरकारले...
१५ घण्टा अगाडी १ मिनेट पाठ