नागरिक लगानी कोष स्थापनाको तेत्तीसौँ वर्षमा प्रवेश

नागरिक लगानी कोष स्थापनाको ३३औँ वर्षमा प्रवेश गरेको छ । बचतमा प्रोत्साहन गरी लगानी बढाउने, अवकाश कोष तथा सामाजिक सुरक्षाका कार्यक्रम सञ्चालन गर्ने र पुँजी बजारमा गतिशीलता ल्याउने उद्देश्यले २०४८ सालमा स्थापना भएको कोषले हालसम्म दुई खर्ब रुपैयाँ भन्दा बढी लगानी गरिसकेको जनाएको छ ।
कोषका अनुसार चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा दुई खर्ब पाँच अर्ब ६९ करोड रुपैयाँ लगानी गरेको छ । सोही अवधिमा कोषको खुद कोष मौज्दात रकम दुई खर्ब छ अर्ब १९ करोड रुपैयाँ छ । हालसम्म मुद्दती निक्षेपमा एक खर्ब छ अर्ब २६ करोड रुपैयाँ, धितो पत्रमा २८ अर्ब २६ करोड १३ लाख रुपैयाँ, कोषका सहभागीलाई सापटी तथा आवास कर्जामा ४५ अर्ब ९२ करोड १५ लाख रुपैयाँ र समकालीन कर्जामा २२ अर्ब ६९ करोड ८० लाख रुपैयाँ लगानी गरेको कोषले जनाएको छ । पुस मसान्तसम्ममा अधिकृत पुँजी र जारी पुँजी समान आठ अर्ब रुपैयाँ रहेको कोषको चुक्ता पुँजी चार अर्ब २५ करोड १० लाख रुपैयाँ रहेको छ ।
नागरिक लगानी कोषमा सरकारको २३ दशमलव ३४ प्रतिशत शेयर स्वामित्व छ । त्यस्तै राष्ट्रिय बीमा संस्थानको ३१ दशमलव ५५, नेपाल स्टक एक्सचेन्जको १०, अन्य बैंक तथा वित्तीय संस्थाको १५ दशमलव ११ र सर्वसाधारणको २० प्रतिशत स्वामित्व छ । लगानी कोषले कर्मचारी बचत वृद्धि अवकाश कोष, बीमा कोष, उपदान तथा पेन्सन कोष, लगानीकर्ता हिसाब योजना, नागरिक एकाङ्क योजना, नागरिक पेन्सन योजना, लगानी व्यवस्थापन, ब्रिज ग्याप लोन, सहभागी कर्जा, परियोजना कर्जा, धितोपत्र लगानीजस्ता कार्यक्रम कार्यान्वयन गरिरहेको जनाएको छ ।
-
सेयर बजार ओरालो
बुधबार सेयर बजार ओरालो लागेको छ । बुधबार नेप्से सूचक १५.७६ अंकले घटेर १९३३.२९...
५ घण्टा अगाडी १ मिनेट पाठ -
महालक्ष्मी विकास बैंकका ग्राहकहरुलाई मनकामना केबुलकार सेवामा विशेष छुट
मनकामना केबुलकार सेवामा महालक्ष्मी विकास बैंकका ग्राहकहरुले विशेष छुट पाउने भएका छन्। “सबल बैंक, सफल...
६ घण्टा अगाडी १ मिनेट पाठ -
२ हजारले घट्यो सुनको भाउ, चाँदीको कति?
सुनको भाउ बुधबार दुई हजार रुपैयाँले घटेको छ । मंगलबारको तुलनामा दुई हजार रुपैयाँले...
९ घण्टा अगाडी १ मिनेट पाठ -
प्रि-ओपन सेसन नेप्सेमा ३.१२ अंकले वृद्धि
प्रि-ओपन सेसनमा नेप्से सूचक बुधबार ३.१२ अंकले वृद्धि भएको छ। नेप्स सूचक ३.१२ अंकले बढेर...
१० घण्टा अगाडी १ मिनेट पाठ -
स्टार्ट अप उद्यमले २५ लाख विनाधितो कर्जा पाउने बाटो खुला
स्टार्ट अप उद्यमले २५ लाख रुपैयाँसम्मको सहुलियतपूर्ण कर्जा पाउने बाटो खुलेको छ । सरकारले...
१५ घण्टा अगाडी १ मिनेट पाठ