कोसेली घरमा गिठा भ्याकुर र सिस्नोदेखि कैदीबन्दीका मूढासम्म

तनहुँ जिल्लामै पहिलो पटक सञ्चालनमा आएको कोसेली घरमा वनजङ्गलमा पाइने गिठाभ्याकुर र सिस्नोदेखि कारागारका कैदीबन्दीले उत्पादन गरेका मूढा विक्री वितरणका लागि राखिएको छ । नेपाल घरेलु तथा साना उद्योग महासङ्घ तनहुँ महिला उद्यमी समिति तनहुँले सञ्चालनमा ल्याएको कोसेली घरमा वनजङ्गलमा पाइने गिठा भ्याकुरका साथै घरेलु उत्पादन विक्री वितरणका लागि राखिएको हो ।
महिला उद्यमीलाई उद्यमशील बनाउने उद्देश्यसहित महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, पर्यटन तथा उद्योग कार्यालय र व्यास नगरपालिकाको सहयोगमा कोसेली घर सञ्चालनमा ल्याइएको समितिकी अध्यक्ष कल्पना गौलीले बताइन् ।
जिल्लाभरका महिला उद्यमीले उत्पादन गरेका सामग्री समितिले खरिद गरी कोसेली घरमा राखेको गौली बताउछिन्। “जिल्लाका आठ वटा पालिकामा रहनुभएका महिला उद्यमीबाट सामग्री खरिद गरी ल्याएका छौ, कसैलाई पनि हालसम्म भुक्तानी दिएका छैनौ,” गौलीले भनिन्। दशवटै पालिकाका उद्यमीबाट सामान ल्याउने भनिएपनि हाललाई आठ वटा पालिकाबाट मात्र सामान ल्याइएको छ । व्यास नगरपालिका र शुक्लागण्डकी नगरपालिकाबाट धेरै सामान आएको भन्दै गौलीले भनिन्, “सबै ठाउँको प्रतिनिधित्व होस् भन्नका लागि केही न केही सामान ल्याएका छौ ।”
वनबाट गिठा भ्याकुर टिपेर ल्याउने महिलाहरुका लागि पनि केही आर्थिक उपार्जन होस् भन्ने हेतुले विक्री वितरणको व्यवस्था मिलाइएको छ । “अरु केही आर्थिक उपार्जनको माध्यम नभएका महिलालाई पनि राहत होस् भन्नका लागि गिठा भ्याकुर हामीले किनिदिएर विक्री वितरणको व्यवस्था मिलाएका छौ,” गौलीले भनिन् । कोसेली घरबाट कारागारका कैदीबन्दीले बुनेका मूढा विक्री वितरणको व्यवस्था मिलाइएको छ । “कैदीबन्दीले कारागारबाटै पनि मूढा विक्री गर्दै आएका छन्, तर सबैलाई सहज होस् भनेर हामीले कोसेली घरमा मूढा विक्रीका लागि राखिदिएका छौ,” गौलीले भनिन् । कारागारका बन्दीहरुले ल्याएको सामानको कत्तिपनि नाफा नराखी विक्री वितरण गरिने जनाइएको छ ।
कोसेली घरबाट सामान विक्री गर्दा आउने नाफाको दुई प्रतिशत रकम उद्धमी राहत कोष स्थापना गरी जम्मा गरिनेछ । उक्त कोषबाट विपन्न महिलालाई भैपरी आउँदा सहयोग गरिनेछ । कोसेली घरमा गिठा, भ्याकुर, सिस्नो, मस्यौरा, गुन्द्रुक, कर्कलो, अमलाको अचार, मुलाको चाना, लप्सी, चिउरा, रातो बेसार, धुप, टपरी, कोदो, कुचो, मूढा, ढकिया, झोला, बाँसका विभिन्न सामग्री विक्री वितरणका लागि राखिएको छ ।
महिलाहरुले उत्पादन गरेको सामग्री विक्री वितरणका लागि कोसेली घरले पुलको काम गर्ने उद्यमी मछिन्द्रादेवी श्रेष्ठले बताइन् । महिला उद्यमी सङ्घकी सदस्य बसुन्धरा घर्तीले कोसेली घरलाई ब्राण्डको रुपमा विकास गरिने बताइन् ।जिल्लामा आयोजना हुने कार्यक्रममा मायाको चिनो प्रदान गर्नुपर्दा कोसेली घरका सामग्रीलाई प्राथमिकता दिनुपर्ने जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्लेले बताए ।
कोसेली घर सञ्चालनका लागि पर्यटन तथा उद्योग कार्यालयले भवन निर्माण गरी हस्तान्तरण गरेको छ । कोसेली घर सञ्चालनका लागि महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयबाट रु सात लाख सहयोग गरिएको छ । उक्त रकमबाट सजावट, कोसेली घर सञ्चालनका लागि आवश्यक कम्प्युटर, गोदाम घर निर्माण गरिएको छ । कोसेली घर निर्माणका लागि व्यास नगरपालिकाले पनि बीउ पुँजीका रुपमा रु पाँच लाख सहयोग गर्ने भएको छ ।
-
सेयर बजार ओरालो
बुधबार सेयर बजार ओरालो लागेको छ । बुधबार नेप्से सूचक १५.७६ अंकले घटेर १९३३.२९...
५ घण्टा अगाडी १ मिनेट पाठ -
महालक्ष्मी विकास बैंकका ग्राहकहरुलाई मनकामना केबुलकार सेवामा विशेष छुट
मनकामना केबुलकार सेवामा महालक्ष्मी विकास बैंकका ग्राहकहरुले विशेष छुट पाउने भएका छन्। “सबल बैंक, सफल...
७ घण्टा अगाडी १ मिनेट पाठ -
२ हजारले घट्यो सुनको भाउ, चाँदीको कति?
सुनको भाउ बुधबार दुई हजार रुपैयाँले घटेको छ । मंगलबारको तुलनामा दुई हजार रुपैयाँले...
९ घण्टा अगाडी १ मिनेट पाठ -
प्रि-ओपन सेसन नेप्सेमा ३.१२ अंकले वृद्धि
प्रि-ओपन सेसनमा नेप्से सूचक बुधबार ३.१२ अंकले वृद्धि भएको छ। नेप्स सूचक ३.१२ अंकले बढेर...
१० घण्टा अगाडी १ मिनेट पाठ -
स्टार्ट अप उद्यमले २५ लाख विनाधितो कर्जा पाउने बाटो खुला
स्टार्ट अप उद्यमले २५ लाख रुपैयाँसम्मको सहुलियतपूर्ण कर्जा पाउने बाटो खुलेको छ । सरकारले...
१५ घण्टा अगाडी १ मिनेट पाठ