बिहिवार, फाल्गुण १७ गते २०८०

२०८०, फाल्गुण १७गते

29th Feb 2024

    बिहिवार, फाल्गुण १७ २०८०

सुनको मूल्य बढ्दा चाँदीको घट्यो


Nepal Raibar
२५, माघ २०७९ (अर्काइभ बाट)
नेपाली बजारमा आज सुनको मूल्य बढेको छ भने चाँदीको भाउ घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज सुनको मूल्य दुई सय रुपैयाँले बढेको छ। जसअनुसार छापावाल सुनको मूल्य आज तोलाको एक लाख चार हजार आठ सय रुपैयाँ तोकिएको छ । तेजाबी सुनको मूल्य प्रतितोला एक लाख चार हजार तीन सय कायम भएको छ। चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला पाँच सय रुपैयाँले घटेर एक हजार तीन सय १५ रुपैयाँ तोकिएको महासङ्घले जनाएको छ।

ताजा अपडेट