देशकै प्रमुख पर्यटकीय गन्तव्य पोखरामा पर्यटक घटे, के हुँदैछ फेवातालमा (भिडियो)

देशकै प्रमुख पर्यटकीय गन्तव्य पोखरामा यति बेला आन्तरिक तथा बाह्य पर्यटक आगमन घटेको छ । गत माघ १ गते पोखरामा भएको विमान दुर्घटनाका कारण समेत यहाँको पर्यटन क्षेत्र प्रभावित बनेको हो । पर्यटकले अग्रिम बुकिङ समेत रद्ध गरेका कारण पर्यटकको चहलपहलमा कमी आएको छ ।
पर्यटन क्षेत्र सुष्त हुँदा सोको मार फेवाताल लगायतका तालहरुमा डुँगा चलाएर जिविकोपार्जन गर्दे आएका मजदुहरुमाथि समेत परेको छ । विमान दुर्घटनाको त्रासपछि अग्रिम बुकिङ समेत रद्ध हुँदा पर्यटन क्षेत्र प्रभावित बन्न पुगेको पर्यटन व्यवसायीहरु बताउँछन् । घटना लगत्तै हवाईमार्गबाट यात्रा गर्ने यात्रु समेत कम भएका छन् । पोखरा घुम्न आउने पर्यटक फेवाताल पुग्न र तालमा डुँगामा शयर गर्न छुटाउँदैैनन् । डुँगा चढेर तालको मध्य भागमा रहेको तालबाराही मन्दिरमा दर्शन गर्न जानेहरु समेत उत्तिकै हुने गर्दछन् ।
फेवातालमा करिव एक दशकदेखी डुङ्गा चलाउँदै आउएका हेटौँडाका सविन लामाले विमान दुर्घटनाअघि आन्तरिक तथा बाह्य पर्यटक राम्रो रहेपनि त्यसपछि कम भएको बताए। तालमा डुँगा शयर गर्ने आन्तरिक पर्यटकको भीड अहिले घटेको लामाको भनाई छ । विगतमा दैनिक चार/पाँच हजारसम्मले डुँगा शयर गर्ने गरेपनि अहिले घटेर दैनिक सात/आठ सयमा झरेको लामाले बताए ।
उनले भने,“विमान दुर्घटनापछि पर्यटक घटेका छन् । विमानस्थल सुरक्षित छ भन्ने सन्देश सरकारले दिनुपर्दछ ।” विगतमा ताल किनारमा डुँगा चढ्नका लागि दिनभर जसो पालो पर्खनेहरुको भीड हुने गरेपनि अहिले साँझ विहान मात्र केही चहलपहल भएपनि अन्य बेला सुनसान जस्तै हुने गरेको डुँगा व्यवसायीहरु बताउँछन् ।
-
सेयर बजारमा ५३.०३ अंकको वृद्धि
सरकार र लगानीकर्ताबीच सहमति भएपछि सेयर बजारमा उत्साह छाएको छ । आइतबार नेप्से सूचक...
४४ सेकेण्ड अगाडी २ मिनेट पाठ -
शेयर लगानीकर्ताले तिर्ने पुँजीगत लाभकरमा परिवर्तन नभएको अर्थमन्त्रालयद्वारा स्पष्ट
शेयर बजारका लगानीकर्ताले तिर्ने पुँजीगत लाभकरमा आर्थिक विधेयक, २०८० बाट कुनै परिवर्तन नभएको अर्थ...
२ घण्टा अगाडी २ मिनेट पाठ -
एकै दिन १७ सयले घट्यो सुनको भाउ, तोलाको कतिमा हुँदैछ कारोबार?
साताको पहिलो कारोबार दिन आइतबार सुनको भाउमा ओरालो लागेको छ । सुनको भाउ आइतबार...
५ घण्टा अगाडी १ मिनेट पाठ -
गर्मी छल्न जलविरे झरना पुग्ने पर्यटकको संख्या बढ्दै (भिडियो)
तराईका जिल्लामा गर्मी बढ्दो छ । चर्को घाम लाग्ने भएकाले दिउँसो घरबाहिर निस्किन कठिन...
५ घण्टा अगाडी १ मिनेट पाठ -
बैतडीका स्थानीय तह नीति तथा कार्यक्रमका लागि सुझाव सङ्कलन गर्दै
बैतडीका स्थानीय तहले आगामी आर्थिक वर्ष २०८०–८१ को नीति, बजेट तथा कार्यक्रम तर्जुमासम्बन्धी कार्य...
६ घण्टा अगाडी २ मिनेट पाठ