इसेवाले १४औं वार्षिकोत्सवको अवसरमा सार्वजनिक गर्यो ७ घण्टे अफरहरु

नेपालको पहिलो र अग्रणी भुक्तानी सेवा प्रदायक ‘इसेवा’ १४ वर्ष पुरा गरेर १५ औँ वर्षमा प्रवेश गरेको छ । नगदरहित अर्थतन्त्रको परिकल्पना गर्दै सन् २००९ मा बेटा भर्जन रिलिज गरी २०१० जनवरी २५ बाट सेवा सुरु गरेको इसेवाले १४वर्ष पार गरेको हो । मंगलबार एक पत्रकार सम्मेलनको आयोजना गर्दै इसेवाले डिजिटल अर्थतन्त्र निर्माणमा थप सेवा सुविधा ल्याउने प्रतिबद्धता समेत जनाएको छ ।
पत्रकार सम्मेलनमा इसेवाका प्रमुख कार्यकारी अधिकृत जगदिश खड्काले भने “हामी जहिले पनि हाम्रा प्रयोगकर्ताको दैनिकी कसरी सहज बनाउन सकिन्छ भन्ने कुरामा केन्द्रित हुने गरेका छौँ ।आगामी दिनमा पनि अहिले भइरहेका सेवालाई थप परिस्कृत गर्दै वित्तीय सेवालाई सहज बनाइ डिजिटल अर्थतन्त्रलाई बलियो बनाउँदै लैजानेछौँ ”। कार्यक्रममा उनले थपे “ हामीलाई यस अवस्थासम्म ल्याउन सहयोग गर्नु हुने आमनेपाली, प्रत्यक्ष र अप्रत्यक्ष रुपमा इसेवामा जोडिनु भएका प्रयोगकर्ता, हाम्रा साझेदार बैंक तथावित्तीय संस्था, हाम्रा तीन लाख भन्दा बढि मर्चेन्ट, नियामक निकाय, हाम्रा सम्पूर्ण एजेन्ट नेटवर्क, कर्मचारी तथा मिडियाकर्मी साथीहरू तथाआम सुभचिन्तकको ठुलो सहयोग छ । म तपाईहरूको यो सहयोग र विश्वासलाई विशष धन्यवाद दिन चाहान्छु” ।
कार्यक्रममा इसेवाका प्रमुख म्यानेजर आशिष गौतमले इसेवाले बुधवार भएको आफ्नो वार्षिक उत्सवमा इसेवाले सार्बजनिक गरेका अफरहरूका विषयमा जानकारी गराएका थिए ।
पहिलो अफरः इ–सेवाको अफरमा ९ बजेदेखि १० बजेसम्म अकाउण्ट लिंकको अफर रहेको छ । उक्त अफरमा पहिलो चोटी इसेवाको अकाउण्ट लिंक गर्नेलाई १४० रुपैयाँ जित्न सक्नेछन् । यो अफर सबै ग्राहकलाई उपलब्ध हुने छ ।
दोस्रो अफरः १०–११ बजेसम्म डाइमण्ड अफर रहेको छ । उक्त अफरमा पार्टिसिपेट हुन रिवार्ड पोइन्ट भन्ने सेक्सनमा गएर रिवार्ड गर्नुपर्नेछ । यसका साथै, त्यो १ घण्टामा इ–सेवामा गएर १०० रुपैयाँको ट्रान्जेक्सन गरिएमा ७ जना ग्राहकले लक्की ड्र मार्फत डाइमण्ड अफर जित्न सक्नेछन् ।
तेस्रो अफरः ११–१२ बजेसम्म चल्नेछ । उक्त समयमा २०० रिवार्ड पोइन्टबाट ग्राहकले आफैं मुभी टिकेट पाउने छन् । मुभी टिकट कुन समयको लागि हुन्छ भन्ने कुरा ग्राहकले अफरमा सहभागी भएपछि थाहा पाउने छन् ।
चौथो अफरः १२–१ बजेसम्म रहेको छ । उक्त अफर होटलको अफर हुने छ । उक्त अफरमा सहभागी हुन ग्राहकले रिवार्ड पोइन्टमा गएर १०० रुपैयाँको ट्रान्जेक्सन गर्नुपर्छ । त्यसमा ९ जना भाग्यशाली जोडीलाई होटल फ्रि स्टे अफर उपलब्ध हुनेछ ।
पाँचौं अफरः अन्तर्गत भौचर मेलाको अफर रहेको छ । उक्त अफर १ –२ बजेसम्म चल्नेछ । उक्त अफरमा रिवार्ड पोइन्टमा विभिन्न भौचरहरु रहने छन् । ग्राहकहरुले त्यहाँ गएर भौंचर रिडिङ गर्नुपर्ने हुन्छ । के कस्तो र कति रिडिङ गर्ने भन्ने कुरा पहिले रिवार्ड पोइन्ट मै गएर थाहा पाउने छन् ।
छैठौं अफरः यो अफर २ बजेदेखि ३ बजेसम्मको हुनेछ । उक्त अफर क्यास व्याक आवरको हुनेछ । त्यसमा मेजर आइएसपीटी, इ–सेवा क्यास व्याक, इसेवा सर्भिसेस, इ–सेवा टप–अप तथा एअर लाइन्स टप–अपहरुमा ग्राहकले १४ प्रतिशत अथवा १४० रुपैयाँ क्यास व्याक प्राप्त गर्न सक्नेछन् । यसको लागि ग्राहकले e-Sewa 14 भन्ने प्रोमोकोड प्रयोग गर्नुपर्ने हुन्छ ।
त्यस्तै ३ बजेदेखि ४ बजेसम्म रहने छ । उक्त समयमा मेरो सेयरका अफर हुनेछ । अफर अन्तर्गत ग्राहकले मेरो सेयरमा पेमेन्ट गरेमा सबै ग्राहकले एक वर्षको रि–न्यु अल इसेवाले निःशुल्क उपलब्ध गर्नेछ ।
योजनामा सहभागी हुन एकाउन्ट लिंक गरी कारोबार गर्नुपर्नेछ भने एकाउन्ट भेरिफाइ भएको हुनुपर्नेछ । इ–सेवाले नेपालका सुविधासम्पन्न क्षेत्रदेखि विकट बस्तीहरुमा हुने आर्थिक कारोबारलाई डिजिटल माध्यममार्फत धेरै किसिमका सहजता ल्याएको दावी गरेको छ । इसेवाबाट इस्योरेन्सको प्रिमियम भुक्तानी, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, मोबाइल, टेलिफोन रिचार्ज तथा टपअप, हवाइजहाज, बसको टिकट, स्कुल कलेजको शुल्कलगायत सेवाहरूको शुल्क भुक्तानी गर्न सकिन्छ ।
-
राष्ट्र बैंकद्वारा ९ वाणिज्य बैंकका अध्यक्ष, सञ्चालक तथा सीईओलाई कारबाही
नेपालको केन्द्रिय बैंक नेपाल राष्ट्र बैंकले ९ वाणिज्य बैंकका अध्यक्ष, सञ्चालक तथा सीईओलाई कारबाही...
११ घण्टा अगाडी ३ मिनेट पाठ -
सुनको मूल्य बढ्दा चाँदीको घट्यो
नेपाली बजारमा आज सुनको मूल्य बढेको छ भने चाँदीको भाउ घटेको छ। नेपाल सुनचाँदी व्यवसायी...
१३ घण्टा अगाडी १ मिनेट पाठ -
अर्घाखाँची महोत्सवमा पाँच करोडको कारोबार
अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्कमा शुरु भएको पाँचौं अर्घाखाँची महोत्सव करिब पाँच करोडको कारोबार गर्दै...
१३ घण्टा अगाडी १ मिनेट पाठ -
माछापुच्छ्रे बैंकका ग्राहकलाई चिरायु नेसनल हस्पिटल र भक्तपुर हार्ट एण्ड डायवेटिक सेन्टरमा विशेष छुट
माछापुच्छ्रे बैंकका ग्राहकले चिरायु नेसनल हस्पिटल र भक्तपुर हार्ट एण्ड डायवेटिक सेन्टरमा विशेष छुट...
१५ घण्टा अगाडी २ मिनेट पाठ -
मंगलबार नेप्से परिसूचकमा हरियाली
मंगलबार नेप्से परिसूचक ७६.६४ अंकले बढेको छ। मंगलबार नेप्से ३.६५ प्रतिशतले बढेर २१७७.३४ विन्दुमा...
१ दिन अगाडी १ मिनेट पाठ