पर्यटन सेवामा होटल रोयल सिंगीका २५ वर्ष पुरा, यस्ता छन् नयाँ कार्यक्रमहरु

होटल रोयल सिंगीले पर्यटन सेवामा जनवरी २०, २०२३ मा उत्कृष्टताको २५ वर्ष पुरा गरेको सुखद उपलक्षमा आफ्नो २५औं वार्षिकोत्सव मनाउन यस महत्वपूर्ण दिनमा आफ्ना सहयात्री हरुको सम्मानमा होटलमा ट्राभल र टुर अपरेटरहरूका साथै कर्पोरेट र व्यापारिक घरानाहरूसहित सम्मानित व्यक्तिहरू, विश्वसनीय साझेदारहरूको साथ खुशीयाली साझेदारी गर्न वार्षिकोत्सव कार्यक्रम आयोजना गरेको छ ।
संचालक अध्यक्ष श्री टासी घले द्वारा उत्कृष्ट नेपाली आतिथ्य प्रदान गर्ने लक्ष्यका साथ स्थापित यस होटलसंग सहयात्रा गरि साथ दिनु हुने हाम्रा विशिष्ट पाहुनाहरुका साथै ट्राभल र ट्रेकिङ अपरेटरहरू, एयरलाइन्सहरु, कर्पोरेट हाउसहरू, बैंक तथा वित्तीय संस्थाहरू, सरकारी निकाय र संघसंस्थाहरूलाई हार्दिक कृतज्ञता व्यक्त गर्दछु ।
यस होटल रोयल सिंगीले विगत २५ वर्षमा प्राप्त गरेका अनुभव र बदलिँदो आधुनिक भविष्यमा समयानुकुल अझ स्तरीय रुपमा आफ्नो सेवा सुविधा प्रदान गर्ने प्रण गर्दछ |
यसलाई २५ वर्षको परम्परा, विकास र विरासतको रूपमा स्थापित गर्दै यस होटलले पाहुनाहरूका लागि धेरै विशेष नयाँ प्रस्तावहरू, सुविधाहरू र कार्यक्रमहरू (लागू नियम र सर्तहरू अन्तर्गत) को शुरुवात गर्दै छ :जस्तै
– फेब्रुअरी १ देखि २८ सम्म, अतिथिहरूले होटलको लोकप्रिय आउटलेट The BLVD मा खाना र पेय पदार्थमा २५ प्रतिशत छुट प्रदान गरिने छ । यो अफर ए ला कार्टे (A LA CARTE) लन्च वा डिनरमा बढीमा ८ अतिथिहरुका लागि मान्य हुने छ ।
– फेब्रुअरी महिनाभरि, प्रोन्टो क्याफे (लबी र गार्डेन) मा चिया/कफी र केक बिहान ११ बजेदेखि ७ बजेसम्म २५० रुपैया नेटमा उपलब्ध हुने छ भने साँझ ५ बजेपछि २५ प्रतिशत छुट दिइने छ ।
– आफ्नो विवाहको रिसेप्शन बुकिङ गर्ने पहिलो २५ जनालाई २५औं वार्षिकोत्सवको अवसरमा प्रति व्यक्ति २५०० नेटको विशेष दरमा मेनु उपलब्ध गराइने छ ।
-डिसेम्बर ३१, २०२३ सम्म आफ्नो २५औ जन्मदिन मनाउने सबै अतिथिहरुलाइ होटलको लोकप्रिय आउटलेट BLVD मा सबै खाना र पेय पदार्थहरूमा २५ प्रतिशत छुट दिइने छ । यसको प्रमाणीकरणको लागि सरकारबाट जारी परिचय पत्र प्रस्तुत गर्न आवश्यक हुनेछ र यो ए ला कार्ट लन्च वा डिनरमा अधिकतम आठ अतिथिहरूलाई मात्र लागू हुनेछ ।
– होटलले २५औं वार्षिकोत्सव विशेष प्याकेज पनि तयार गरेको छ, आफ्नो २५औं वार्षिकोत्सव मनाउने अतिथिका लागि यो प्याकेजको मूल्य प्रति रात / सिंगल अकुपेन्सी मात्र रु २५०० नेट रहेको छ । यी नयाँ प्रोग्राम र अफरहरू वार्षिकोत्सव कार्यक्रममा लन्च हुनेछन् र फेब्रुअरी १३, २०२३ सम्म मात्र २५ दिनका लागि संचालन हुने छन् । (यसमा शर्तहरु लागु हुने छन्, जस्तै घरेलु पर्यटकका लागि नेपाली रुपियाँ लाग्ने छ र नेपाली नागरिकले होटलबाट सिधै बुकिङ गर्न सकिने छ । यो पुर्णरुपमा प्रि-पेड हुने छ भने यसमा ब्रेकफास्ट समावेश हुने छैन )
“हामी हाम्रो २५औं वार्षिकोत्सव मनाउने गतिविधिहरू अन्तर्गत आजको दिन हाम्रा पाहुनाहरूलाई विशेष महसुस गराउन पाउदा खुसी छौं । उत्कृष्ट सेवाका लागि समर्पित हाम्रो टिमका सदस्यहरु र साझेदारहरुप्रति हृदयदेखि कृतज्ञता व्यक्त गर्न चाहन्छु भनि अध्यक्ष टासी घले भन्दछन ।
होटल रोयल सिंगी एक पारिवारिक उद्यमका रुपमा टाशी घलेद्वारा स्थापित हो, जसले यस परिवारको गौरवको विकास गर्नु अघि काठमाडौं सहरमा पहिले दुईवटा सम्पत्तिको स्वामित्व र सञ्चालन गरेका थिए । यस होटलले स्थापना भएदेखि नै राष्ट्र र पर्यटकीय उद्योगमा प्रतिष्ठाको साथ सबै सुविधा र सेवाहरूमा आवश्यक स्तरवृद्धि जारी राखेको छ । राम्रोसँग प्रशिक्षित सेवामुखी टिमका साथ एक प्रमुख स्थानमा अवस्थित, होटल सबै ट्राभल, व्यापार, एक्सपेडिसन, ट्रान्जिट वा लेइजरको लागि उपयुक्त रहेको छ ।
होटलमा डिलक्स र एक्जुकेटिभ कोठाहरु, सिग्नेचर सुइटस र बेस्पोक रेसिडेन्सी, ३ वटा खाना र पेय पदार्थका आउटलेटहरू छन् । त्यस्तै ५ वटा भन्दा बढी परिष्कृत सुविधा सहितका कार्यक्रम र बैठक गर्ने ठाउँहरू रहेका छन् ।
-
राष्ट्र बैंकद्वारा ९ वाणिज्य बैंकका अध्यक्ष, सञ्चालक तथा सीईओलाई कारबाही
नेपालको केन्द्रिय बैंक नेपाल राष्ट्र बैंकले ९ वाणिज्य बैंकका अध्यक्ष, सञ्चालक तथा सीईओलाई कारबाही...
१२ घण्टा अगाडी ३ मिनेट पाठ -
सुनको मूल्य बढ्दा चाँदीको घट्यो
नेपाली बजारमा आज सुनको मूल्य बढेको छ भने चाँदीको भाउ घटेको छ। नेपाल सुनचाँदी व्यवसायी...
१४ घण्टा अगाडी १ मिनेट पाठ -
अर्घाखाँची महोत्सवमा पाँच करोडको कारोबार
अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्कमा शुरु भएको पाँचौं अर्घाखाँची महोत्सव करिब पाँच करोडको कारोबार गर्दै...
१४ घण्टा अगाडी १ मिनेट पाठ -
माछापुच्छ्रे बैंकका ग्राहकलाई चिरायु नेसनल हस्पिटल र भक्तपुर हार्ट एण्ड डायवेटिक सेन्टरमा विशेष छुट
माछापुच्छ्रे बैंकका ग्राहकले चिरायु नेसनल हस्पिटल र भक्तपुर हार्ट एण्ड डायवेटिक सेन्टरमा विशेष छुट...
१६ घण्टा अगाडी २ मिनेट पाठ -
मंगलबार नेप्से परिसूचकमा हरियाली
मंगलबार नेप्से परिसूचक ७६.६४ अंकले बढेको छ। मंगलबार नेप्से ३.६५ प्रतिशतले बढेर २१७७.३४ विन्दुमा...
१ दिन अगाडी १ मिनेट पाठ