मंगलवार, मंसिर १९ गते २०८०

२०८०, मंसिर १९गते

5th Dec 2023

आईएमई सबैभन्दा बढी कर तिर्नेमा सम्मानित


Nepal Raibar
७, मंसिर २०७९ (अर्काइभ बाट)
आईएमई सबैभन्दा बढी कर तिर्नेमा सम्मानित
रेमिटेन्स कम्पनीमध्ये आर्थिक वर्ष २०७७/७८ मा सवैभन्दा बढी कर तिर्ने कम्पनीका रूपमा आईएमई सम्मानित भएको छ ।  आन्तरिक राजश्व विभागले राष्ट्रिय कर दिवसका अवसरमा वुधबार आयोजित एक विशेष समारोहकावीच आईएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले उक्त सम्मान ग्रहण गरेका हुन् । सन् २००१ मा स्थापित आईएमईले नेपालको समग्र रेमिटेन्स क्षेत्रलाई संस्थागत तुल्याउन भूमिका निर्वाह गर्दै आइरहेको छ । आइएमईलाई विदेशी मुद्रा बैंकिङ संजाल मार्फत नेपाल भित्र्याउने कार्यको थालनी गरेको मुख्य श्रेय जान्छ । यसैको सम्मान स्वरूप विभिन्न राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय सम्मानहरूबाट आइएमई सम्मानित हुँदै आएको छ । आइपीओमा जाने तयारी गरिरहेको आइएमई सवैभन्दा बढी कर तिर्ने कम्पनीका रूपमा यसभन्दा अघि पनि पटक पटक सम्मानित हुँदै आएको छ ।