फिल्म ‘मायावी’ मा करिश्मा श्रेष्ठ अनुबन्धित

निर्देशक दिवाकर भट्टराईले निर्देशन गर्न लागेको नयाँ नेपाली फिल्म ‘मायावी’ का मुख्य कलाकारहरुको लाइनअप सार्वजनिक भइरहेको छ । यही क्रममा फिल्ममा अभिनेत्री करिश्मा श्रेष्ठ अनुबन्धित भएकी छन् ।
यस फिल्मका लागि मुख्य नायिकामा दीपिका प्रसाईँ र मुख्य नायकमा पल शाह तथा सुशील सिटौला अनुबन्धित भइसकेको अवस्थामा निर्माण पक्षले करिश्मालाई नायिकाका रुपमा अनुबन्ध गरेको हो । यसअघि नवनायकका रुपमा ‘म्यान हन्ट इन्टरनेश्नल नेपाल २०१६’ का विजेता समिम खान अनुबन्धित भइसकेका छन् । फिल्म ‘एउटा साथी’ बाट नेपाली रजतपटमा डेब्यू गरेकी करिश्माले यो फिल्मपछि ‘लभ सब’ र ‘बाबु कान्छा’ मा अभिनय गरेकी छिन् । त्यसयता कुनै पनि फिल्ममा अभिनय नगरेकी करिश्माले लामो समयपछि ‘मायावी’ बाट फिल्ममा कमब्याक गर्न लागेकी हुन् ।
यही फिल्ममार्फत अभिनेता राज कटुवाल निर्माताका रुपमा फिल्म क्षेत्रमा डेब्यू गर्दैछन् । निर्देशक भट्टराई स्वयंको कथा रहने यो फिल्म क्रिएटिभ सिने आर्टसको व्यानरमा निर्माण हुन लागेको हो । फिल्ममा एसडी योगीको संगीत, राम अविरल विष्टको गीत, राजुविक्रम थापाको डिओपी रहनेछ । फिल्म असोज २ गतेबाट फ्लोरमा जानेछ । फिल्मको छायांकन पोखराको रमणीय स्थलमा गरिने निर्देशक भट्टराईले जानकारी दिए । दिवाकरले फिल्म ‘मेरो जीवन साथी’, ‘स्टुपिड मन’, ‘ऐश्वर्य’ र ‘क्याप्टेन’ निर्देशन गरिसकेका छन् ।
-
निर्देशक गणेश शाही निर्देशित भिडियो ‘देखे जस्तो लाग्यो’ सार्वजनिक
गीतकार प्रतिभा ढुंगानाको नयाँ गीत ‘देखे जस्तो लाग्यो’ सार्वजनिक भएको छ । लोकप्रिय गायक...
२ घण्टा अगाडी १ मिनेट पाठ -
विजय सेथुपतिले खुलाए कृति शेट्टीसँग फिल्म नखेल्नुको कारण
दक्षिण भारतिय अभिनेता विजय सेथुपतिदक्षिण फिल्म उद्योगका सबैभन्दा प्रतिभाशाली अभिनेता हुन्। शाहरुख खानको फिल्म...
१४ घण्टा अगाडी २ मिनेट पाठ -
वर्तमान नेपाली समाजको ऐना नाटक ‘परिवेश’
जनचेतनामूलक नाटक ‘परिवेश’ प्रदर्शन भएको छ। देशमा बढ्दै गएको महंगी, सरकारी कामकाजमा आउँने ढिलासुस्ती,...
१ दिन अगाडी १० मिनेट पाठ -
पुराना मान्यतालाई भत्काउँदै नेपाली चलचित्र
विसं २०६३ पश्चात् अन्य क्षेत्रझैँ चलचित्र क्षेत्रमा पनि परिवर्तन देखियो । प्रविधिको विकाससँगै चलचित्र...
१ दिन अगाडी ३ मिनेट पाठ -
सिम्रन र राजनको ‘पारी ठुली भिर’ सार्वजनिक (भिडियोसहित)
काठमाण्डौं । लोकप्रिय सर्जक सुन्दर हमालको शब्द रचनामा रहको मौलिक लोक तथा दोहोरी गीत...
२ दिन अगाडी १ मिनेट पाठ