दीपक–दीपाको सिनेमा हल आईएनआई सञ्चालनमा

काठमाडौंको नयाँ बानेश्वर चोक नजिकै नयाँ सिनेमा हल सञ्चालनमा आएको छ । दीपकराज गिरी, दीपाश्री निरौलालगायतले निर्माण गरेको सिनेमा हल आईएनआई आजबाट सञ्चालनमा आएको हो ।
उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकाल र हास्य कलाकार हरिवंश आचार्यले आज बिहान हल उद्घाटन गरेका हुन् । हलको उद्घाटनपछि उनीहरूले आईएनआई सिनेमा हलले चलचित्र क्षेत्रको श्रीवृद्धिमा थप योगदान पुर्याउने बताए । दीपकराज गिरी र दीपाश्री निरौलाको समूहले नेपाली सिनेमा उद्योगमा ठूलो योगदान पुर्याएको भन्दै हल सञ्चालनसँगै थप महत्वपूर्ण योगदान खेल्ने विश्वास लिएको उनीहरूले बताए । हलमा आजबाट प्रदर्शनमा आएका सिनेमा ‘नाङ्गो गाउँ’ र ‘एक भगवत र एक गीत’ तथा ‘जवान’ र ‘दि नुन–२’ प्रदर्शन हुने छन् ।
हललाई नेपालको दोस्रो ठूलो मल्टिप्लेक्स चेन आईएनआईले व्यवस्थापन गरेको छ । दीपकराज गिरी र दीपाश्री निरौलाले चलचित्र क्षेत्रबाट कमाएको केही पैसा यही क्षेत्रमा लगानी गर्ने सोचका कारण सिनेमा हल बनेको बताएका छन् । हलमा १० करोड रुपैयाँ लगानी रहेको छ । हलबाट ५० प्रतिशत सेयर निर्मातालाई दिने दीपकले बताए । चलिरहेको नेपाली सिनेमा आफूले ननिकाल्ने पनि उनले बताए ।
नयाँबानेश्वर–शंखमुल रोडमा निर्माण भएको सिनेमा हल महलको माथिल्लो दुई तलामाथि निर्माण गरिएको छ । दुईवटा स्क्रिन रहेको सिनेमा हलमा ३८७ सिट रहेका छन् । सिनेमा हलमा दीपकसँगै दीपाश्री निरौला, निर्मल शर्मालगायत ‘छक्का पञ्जा’ टिमको कम्पनीको लगानी रहेको छ ।
-
निर्देशक गणेश शाही निर्देशित भिडियो ‘देखे जस्तो लाग्यो’ सार्वजनिक
गीतकार प्रतिभा ढुंगानाको नयाँ गीत ‘देखे जस्तो लाग्यो’ सार्वजनिक भएको छ । लोकप्रिय गायक...
२ घण्टा अगाडी १ मिनेट पाठ -
फार्मेसी अनुगमन निरन्तर हुन्छ: स्वास्थ्यमन्त्री बस्नेत
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले फार्मेसी क्षेत्रको सुधारका लागि अनुगमन र कारबाहीलाई निरन्तरता दिएको...
५ घण्टा अगाडी २ मिनेट पाठ -
कोसीमा प्रदेश: दुई मन्त्री र राज्यमन्त्रीले लिए शपथ
कोसी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले मन्त्रिपरिषद् विस्तार गरेका छन् । सोमबार दुई मन्त्री...
६ घण्टा अगाडी १ मिनेट पाठ -
पहिरो पीडितलाई एकीकृत आवास हस्तान्तरण
ताप्लेजुङको मैवाखोला गाउँपालिकाका पहिरो पीडितका लागि निर्माण गरिएका अस्थायी एकीकृत आवास कक्ष पीडित परिवारलाई...
६ घण्टा अगाडी २ मिनेट पाठ -
कुश्माका अठार स्वास्थ्य संस्था औषधिविहीन
निर्धारित मितिभन्दा झण्डै तीन महिनासम्म पनि नगरसभा नहुँदा पर्वतको कुश्मा नगरपालिकाभित्र रहेका १८ स्वास्थ्य...
८ घण्टा अगाडी ३ मिनेट पाठ