आइतवार, आश्विन १४ गते २०८०

२०८०, आश्विन १४गते

1st Oct 2023

जीवन र गरिमा अभिनित गीतकार आर बी खड्काको 'आइजदैब' सार्वजनिक ( भिडियो )


Nepal Raibar
१६, जेठ २०८० (अर्काइभ बाट)
जीवन र गरिमा अभिनित  गीतकार आर बी खड्काको 'आइजदैब' सार्वजनिक ( भिडियो )
काठमाडौं । पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरुले ज्यादतीको बिरुद्द नेपाल राष्ट्रिय व्यवसायी महासंघलगायत विभिन्न संघसंस्थाहरुले काठमाडौं लगायत देशभर नै प्रदर्शन गरिरहेका छन अब भने यो बिसयमा म्युजिक भिडियो नै तयार भएको छ । प्रतिभाशाली युवा निर्देशक अनुप चापागाईले यसै बिसयलाइ समेटी एउटा समयसापेक्ष म्युजिक भिडियो तयार गरेका हुन् । जीवन भट्टराई र गरिमा शर्मा को अभिनय रहेको 'आइजदैब' भिडियोमा बैंक तथा वित्तीय संस्थाहरुको ज्यादती, देशको आर्थिक स​ङ्कट र निजि छेत्रप्रति निस्क्रिय सरकारको कारण एउटा उद्धमी कसरी ब्यबसायमा टाट पल्टिन्छ र आत्म​ह​त्या ग​र्ने स​म्म​को सोच ब​नाउन​ पुग्छ भन्ने कथामालाइ सशक्त रुपमा प्रस्तुत गरिएको छ । गीतकार आर बी खड्काको शब्द र कर्मा ग्याल्जेन लामाको स्वर रहेको गीत 'आइजदैब' मा फरिन्द्र राइको एरेन्ज रहेको छ भिडियोलाई के के अक्टेभ ( KK Octave ) च्यानल मार्फत सार्वजनिक गरिएको हो । भिडियोमा बुद्ध थापाको सिनेमाटोग्राफी र बिकाश दाहालको सम्पादन रहेको छ । पिता कृष्ण बहादुर खड्का र माता नरमाया खड्काको कोखबाट भूटान सन् १९८३मा जन्मनुभएका आर.बि खड्का नेपालीभाषी भूटानी समुदायको साहित्यमा झुल्किएको लोभ लाग्दो मखमली नाम हो । बिबिएस सम्मको अध्ययन गरेका आर. बी तेक्वान्दोको एक कुशल खेलाडी पनि हुन् । साहित्यको विधामा विशेषगरी गीत, गजल र कबिता लेख्न खप्पिस गीतकार खड्काको एकल शब्दमा 'तिम्रो तस्बिर' गीती एल्बम को साथै धेरै लोकप्रिय गीतहरु बजारमा आइसकेका छन् । https://youtu.be/tSf9Gjnycyc