आइतवार, आश्विन १४ गते २०८०

२०८०, आश्विन १४गते

1st Oct 2023

पूर्व मिस नेपाल शृंखला खतिवडाले आर्किटेक्चरमा हावर्ड विश्वविद्यालयबाट पूरा गरिन् स्नातकोत्तर


Nepal Raibar
१५, जेठ २०८० (अर्काइभ बाट)
पूर्व मिस नेपाल शृंखला खतिवडाले आर्किटेक्चरमा हावर्ड विश्वविद्यालयबाट पूरा गरिन् स्नातकोत्तर
पूर्व मिस नेपाल शृंखला खतिवडाले अमेरिकाको हावर्ड विश्वविद्यालयबाट स्नातकोत्तर उत्तीर्ण गरेकी छन्। आर्किटेक्चरमा स्नातक गरेकी खतिवडाले सहरी विकासमा स्नातकोत्तर गरेकी हुन्। उनले इन्स्टाग्राममा केही तस्बिर सार्वजनिक गर्दै आफूले स्नातकोत्तर उत्तीर्ण गरेको जानकारी दिएकी छन्। 'मैले ग्राजुएसन गरे‌ं। अब मलाई आर्किटेक्ट र अर्बन प्लानर भन्न सक्नुहुन्छ,' उनले लेखेकी छन्। उनले परिवारको साथ-सहयोगले आफूले पढाइ पुरा गर्न सकेको बताएकी छन्। ग्राजुएसन समारोहमा सहभागी हुने उनका बुवाआमा अमेरिका पुगेका थिए। उनले केही वर्षअघि नेपालमा 'गाथा' नामक कम्पनी सञ्चालनमा ल्याएकी थिइन्।

ताजा अपडेट