‘हुक्काः एन एब्सर्ड ड्रिम’ र ‘टुल्की’ आजदेखि प्रदर्शनमा

आजदेखि दुई नेपाली चलचित्र ‘हुक्काः एन एब्सर्ड ड्रिम’ र ‘टुल्की’ प्रदर्शनमा आउने भएका छन् । दुवै चलचित्र सामाजिक विधामा निर्मित भए पनि विषयवस्तुको हिसाबले भने निकै फरक छन् ।
शम्भु थापाको निर्देशन रहेको ‘हुक्काः एन एब्सर्ड ड्रिम’ मा प्रकाश घिमिरे, सन्तोषकुमार आत्रेय, प्रमिला खनाल, तेज गिरी, अशु न्यौपाने, तलिशा गुरुङ, निश्चल विमल, अलिशा भोगलगायत कलाकारले अभिनय गरेका छन् । सामाजिक कथानक चलचित्र भनिए पनि यसमा पूर्ण मनोरञ्जनको सामग्री रहेको अभिनेता घिमिरेले जानकारी दिए । “हुक्का र त्यसको प्रतिष्ठालाई चलचित्रमा विम्बका रूपमा प्रयोग गरिएको छ । हाम्रो गाउँ समाजमा हुने घटनाक्रम र यथार्थलाई प्रस्तुत गरेका छौँ”, उनले भने। यस्तै, आजैदेखि प्रदर्शनमा आउन लागेको ‘टुल्की’ मा नेपालको हिमाली क्षेत्रमा चलिआएको बहुपति प्रथालाई देखाइएको छ ।
देव थापाको निर्देशनमा तयार भएको सो चलचित्रमा डोल्पाको तल्लो क्षेत्रमा पर्ने एक फरक समुदायमा हुर्केकी केटी प्रेम विवाह गरी उपल्लो क्षेत्रमा जाने र त्यहाँ गइसकेपछि उनले प्रथाका नाममा भोग्नुपरेको कथावस्तुलाई उजागर गरिएको छ । उक्त चलचित्रमा शिशिर वाङ्देल, स्वस्तिमा कार्की, सोफिया लिम्बू, नरेन्द्र तामाङ, सोम लामा, शेखर लामा, सौजन सुब्बा, भक्तसिंह कठायत, रत्नप्रसाद न्यौपानेलगायत कलाकारले अभिनय गरेका छन् ।
-
छायांकनमा ‘ह्यासट्याग माया’, को-को छन् कलाकार?
थ्रिलर’ विधामा निर्माण हुने चलचित्र ‘ह्यासट्याग माया’ को छायांकन लुम्बिनी प्रदेशको बर्दिया राष्ट्रिय निकुञ्जमा...
४ घण्टा अगाडी २ मिनेट पाठ -
लोकप्रिय बन्दै गुणराजको गजल ‘मौसम खराब थ्यो’ ( भिडियो )
धेरै लोकप्रिय गीतहरु बजारमा ल्याइसकेका युवा गायक गुणराज श्रेष्ठ पहिलो पटक सांगीतिक कोसेली गज़ल...
१९ घण्टा अगाडी १ मिनेट पाठ -
लण्डनबाट नेपाली फिल्म ‘सिद्धार्थ’ को घोषणा
लण्डनबाट नयाँ नेपाली फिल्म ‘सिद्धार्थ’ को घोषणा भएको छ । यसअघि ’कैदीको पत्र’ निर्देशन...
२ दिन अगाडी १ मिनेट पाठ -
लक्ष्मण र कामना अभिनित ‘अलि अलि’ सार्वजनिक ( भिडियो )
काठमाडौं । लोकप्रिय गायिका मेलिना राई र गायक कृष्ण बस्यालको सुमधर स्वरमा सजिएको रोमान्टिक...
४ दिन अगाडी २ मिनेट पाठ -
पवनको स्वर, विजयको शब्दमा रहेको ‘किन किन’ सार्वजनिक ( भिडियो )
काठमाडौं । गायक पवन विष्टको सुमधुर स्वरमा सजिएको ‘किन किन’ बोलको म्युजिक भिडियो सार्वजनिक...
४ दिन अगाडी १ मिनेट पाठ