गायक शिव परियारले दिए ‘धोकेबाज हौ तिमी’ गीतबारे स्पष्टीकरण

गायक शिव परिवारले पछिल्लो समय निकै चर्चामा रहेको ‘धोकेबाज हौ तिमी..’ गीतबारे स्पष्टीकरण दिएका छन् ।
केही समयदेखि उक्त गीत पहिले कसले गाएको भन्ने विवाद उत्पन्न भएपछि परियारले सामाजिक सञ्जालमा लेख्दै त्यसबारे स्पष्टीकरण दिएका हुन् ।
सामाजिक सञ्जालमा लेख्दै उक्त यस गीतका ‘आधिकारिक स्रष्टा/सङ्गीतकार सुबास कार्की कार्की रहेको र यस गीतका निर्माता रमाकान्त न्यौपाने रहेको बताए । साथै उक्त गीत आधिकारिक रुपमा मेल, फिमेल र चाईल्ड तीन ओटा भर्सनमा बजारमा अफिसियल रेकर्डिङ्ग र प्रकाशन गरेको बताए ।
‘धोकेबाज हौ तिमि गीतका बारेमा पछिल्लो समय मिडियामा आएका बनिबनाउँ प्रहार पूर्ण समाचारका सम्बन्धमा मेरो आधिकारिक बिचार– पहिला कस्ले गायेको ? पछि कस्ले गायेको ? भन्ने बनि बनाउँ कन्ट्रोभर्सि खबरबाट मेरा सबैजना प्रीय शुभचिन्तकहरु कृपया सावधान र सतर्क रहिदिन बिनम्र अनुरोध गर्दछु, ’धोकेबाज हौ तिमि’ गीत यस गीतका ’आधिकारिक स्रष्टा/सङ्गीतकार सुबास कार्की कार्की जी तथा यस गीतका निर्माता रमाकान्त न्यौपानेले आधिकारिक रुपमा मेल ,फिमेल र चाईल्ड तिन ओटा भर्सनमा यो गीत बजारमा अफिसियल रेकर्डिङ्ग र प्रकाशन गर्नु भएको छ ।’ उनले भनेका छन् ।
त्यसैगरी स्वर दिने कुनै पनि गायक गायिकाले यो गीत मेरो मात्र हो अरुको होईन भन्ने अभिव्यक्ति कतै नभएको समेत उनले बताए । साथै आफूहरुले चोरी चकारी वा कभर गरेर नगाएको समेत स्पष्ट पारेका छन् । तीनै भर्सनमा गीत गाएका गायक गायीका नै यसको आधिकारिक गायक गायिका भएको समेत बताए ।
यसमा स्वर दिने कुनै पनि गायक गायिकाले यो गीत मेरो मात्र हो अरुको होईन भन्ने अभिव्यक्ति कतै लेखेको वा दिएको अवस्था पनि होईन छैन । र चोरि चकारि वा कभर गरेर हामि कसैले गाएको पनि हैनौं ।’ उनले भनेका छन्, ‘यस गीतलाई मेल ’ फिमेल ’चाईल्ड यि तिनै भर्सनमा आफ्नो स्वर दिएर गाउँने गायक गायिका नै यस गीतका आधिकारिक र ओर्जिनल गायक गायिका हुन् ।’
साथै उक्त गीतबारे कुनै पनि विवाद निकाल्नुपर्ने कुनै कारण नरहेको उनको भनाइ रहेको छ ।
-
छायांकनमा ‘ह्यासट्याग माया’, को-को छन् कलाकार?
थ्रिलर’ विधामा निर्माण हुने चलचित्र ‘ह्यासट्याग माया’ को छायांकन लुम्बिनी प्रदेशको बर्दिया राष्ट्रिय निकुञ्जमा...
३ घण्टा अगाडी २ मिनेट पाठ -
लोकप्रिय बन्दै गुणराजको गजल ‘मौसम खराब थ्यो’ ( भिडियो )
धेरै लोकप्रिय गीतहरु बजारमा ल्याइसकेका युवा गायक गुणराज श्रेष्ठ पहिलो पटक सांगीतिक कोसेली गज़ल...
१९ घण्टा अगाडी १ मिनेट पाठ -
लण्डनबाट नेपाली फिल्म ‘सिद्धार्थ’ को घोषणा
लण्डनबाट नयाँ नेपाली फिल्म ‘सिद्धार्थ’ को घोषणा भएको छ । यसअघि ’कैदीको पत्र’ निर्देशन...
२ दिन अगाडी १ मिनेट पाठ -
लक्ष्मण र कामना अभिनित ‘अलि अलि’ सार्वजनिक ( भिडियो )
काठमाडौं । लोकप्रिय गायिका मेलिना राई र गायक कृष्ण बस्यालको सुमधर स्वरमा सजिएको रोमान्टिक...
४ दिन अगाडी २ मिनेट पाठ -
पवनको स्वर, विजयको शब्दमा रहेको ‘किन किन’ सार्वजनिक ( भिडियो )
काठमाडौं । गायक पवन विष्टको सुमधुर स्वरमा सजिएको ‘किन किन’ बोलको म्युजिक भिडियो सार्वजनिक...
४ दिन अगाडी १ मिनेट पाठ