प्रेमको उमेर हुँदैन: मलाइका अरोडा

बलिउड अभिनेत्री मलाइका अरोडाका थुप्रै प्रशंसक छन् । आफ्नो लुक्सदेखि फिटनेस र व्यक्तिगत जीवनसम्म कुरालाई लिएर मलाइका अरोडा चर्चामा छाइरहन्छिन् । शनिवार आयोजित इन्डिया टुडे कन्क्लेभ २०२३ मा मलाइका अरोडाको उपस्थिति रह्यो । यहाँ मोडरेटर नबिलासँग उनले आफ्नो सम्बन्ध विच्छेद र अर्जुन कपुरसँगको सम्बन्धबारे कुराकानी गरेकी छिन् ।
सेसनको क्रममा मलाइकालाई सोधियो, ‘समाजमा महिलामाथि उनको रोजाइको विषयमा सधैँ प्रश्न उठ्ने गर्छ । कस्ता व्यक्तिसँग उनी बस्नुपर्छ, कस्तालाई डेट गर्नुपर्छ, यसबारे कुनै न कुनै सल्लाह दिने गरिन्छ । तपाईँले पनि दैनिक रूपमा केही न केही कुरा सुन्नु परेको हुन्छ । यस्ता कुरासँग कसरी डिल गर्नुहुन्छ ?’
प्रेम, प्रेम हुन्छ: मलाइका अरोडा
मलाइका अरोडा यो प्रश्नको जवाफ दिँदै हास्छिन् । उनले भनिन्, ‘जब मैले सम्बन्ध विच्छेद गरेँ तब मलाई किन यस्तो गर्यौ भनेर सोधियो, किनभने यो ट्याग सधैँ मसँगै रहनेछ । त्यसपछि जब मैले सम्बन्ध विच्छेद पछि प्रेम पाएँ तब मानिसले यसले कसरी प्रेम पाइन् भनेर प्रश्न सोधे । त्यसपछि आफूभन्दा कम उमेरका पुरुषसँग प्रेम गर्दा मैले आफ्नो होस गुमाएँ समेत भनियो । तर म यति मात्रै भन्छु कि प्रेमको कुनै उमेर हुँदैन । तपाईँ प्रेममा हुनुहुन्छ त हुनुहुन्छ , कुरा सकियो ।’
नायिका थप्छिन्, ‘तपाईँ उमेरमा जेठो व्यक्तिसँग प्रेममा पर्नुभएको छ कि कान्छो, यो कुराले कुनै फरक पार्दैन । म खुसी छु कि मैले यस्तो पार्टनर पाएको छु जसले मलाई बुझ्छन् । उनी मभन्दा कान्छो छन् भने पनि ठिकै छ नि । मलाई के लाग्छ भने उनी मभन्दा जवान छन्, त्यसैले म पनि जवान महसुस गर्छु । यसले मलाई खुसी दिलाउँछ । म दुनियाँकै उत्कृष्ट छु भन्ने महसुस हुन्छ । मलाई लाग्छ कि यहाँ भएका महिला मसँग सहमत हुनेछन् । म यसका लागि खराब महसुस गर्दिनँ, किन गर्ने र ?’
अरबाजको थर किन जोडेकी थिइन्?
अरबाज खानसँग विवाह र खान परिवारसँग आफ्नो नाम जोडिएको बारे पनि मलाइकाले कार्यक्रममा कुरा गरिन् । उनले भनिन्, ‘म चर्चित परिवारको हिस्सा थिएँ । ’ आफ्नो करियरमा सफलता आफ्नो थरका कारण पाएकी थिइन् त भन्ने प्रश्नमा उनले भनिन्, ‘हो, यसका कारण मलाई फाइदा भयो तर अन्त्यमा मैले आफूलाई प्रमाणित गर्नका लागि कडा मेहनत गर्नुपर्यो । जब मैले उनको थर आफ्नो नामबाट हटाएँ तब मलाई यस्तो नगर्न सुझाइयो । म आफ्ना एक्स इन लको इज्जत गर्छु । तर म आफ्नो खुट्टामा उभिनु थियो । मलाई आफ्नो नामबाट आफ्नो सेन्स अफ सेल्फ आयो । म अहिले पनि आफूमा काम गरिरहेकी छु ।’
-
छायांकनमा ‘ह्यासट्याग माया’, को-को छन् कलाकार?
थ्रिलर’ विधामा निर्माण हुने चलचित्र ‘ह्यासट्याग माया’ को छायांकन लुम्बिनी प्रदेशको बर्दिया राष्ट्रिय निकुञ्जमा...
३ घण्टा अगाडी २ मिनेट पाठ -
लोकप्रिय बन्दै गुणराजको गजल ‘मौसम खराब थ्यो’ ( भिडियो )
धेरै लोकप्रिय गीतहरु बजारमा ल्याइसकेका युवा गायक गुणराज श्रेष्ठ पहिलो पटक सांगीतिक कोसेली गज़ल...
१९ घण्टा अगाडी १ मिनेट पाठ -
लण्डनबाट नेपाली फिल्म ‘सिद्धार्थ’ को घोषणा
लण्डनबाट नयाँ नेपाली फिल्म ‘सिद्धार्थ’ को घोषणा भएको छ । यसअघि ’कैदीको पत्र’ निर्देशन...
२ दिन अगाडी १ मिनेट पाठ -
लक्ष्मण र कामना अभिनित ‘अलि अलि’ सार्वजनिक ( भिडियो )
काठमाडौं । लोकप्रिय गायिका मेलिना राई र गायक कृष्ण बस्यालको सुमधर स्वरमा सजिएको रोमान्टिक...
४ दिन अगाडी २ मिनेट पाठ -
पवनको स्वर, विजयको शब्दमा रहेको ‘किन किन’ सार्वजनिक ( भिडियो )
काठमाडौं । गायक पवन विष्टको सुमधुर स्वरमा सजिएको ‘किन किन’ बोलको म्युजिक भिडियो सार्वजनिक...
४ दिन अगाडी १ मिनेट पाठ