समीक्षा अधिकारीको ‘डाँडै पिपल’मा सुधिर र आरुषी

गायिका समीक्षा अधिकारी र गायक झलक पुनको ‘डाँडै पिपल’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । गीतकार तथा संगीतकार दीपक शर्माको शब्द तथा संगीत रहेको डाँडै पिपलमा एरेन्ज नरेन्द्र बियोगीले गरेका हुन् ।
मौसम हिमालीको निर्देशन रहेको भिडियोमा मोडलद्वय सुधिर श्रेष्ठ र आरुषी मगरको अभिनय छ । लोकशैलीको रोमान्टिक गीतमा एक जोडीको सफल प्रेम कहानीलाई देखाइएको छ । जसमा सुधिर र आरुषी गज्जबसँग खुलेका छन् । म्याग्दीको बरंजामा जन्मे हुर्केका गायक झलकले चौबन्दी चोली बोलको गीतबाट गायन यात्रा सुरु गरेका हुन् । अध्ययनको शिलशिलामा काठमाडौँ आएर अध्ययनसँगसँगै गीत संगीतमा पनि लागेका झलक हाल अष्ट्रेलियामा छन् ।
उनका मगरको छोरो सालैजो भाका, झरी परेको त्यो दिन पप, लगायत अन्य गीतका भिडियोहरु बजारमा आइसकेका छन् । सार्वजनिक डाँडै पिपलमा नवराज उप्रेती छायांकन, नबिन घर्तीमगरको सम्पादन रहेको सार्वजनिक गीतको भिडियो झलक पुन युट्युब च्यानलबाट रिलिज गरिएको हो ।
-
यी हुन् विवाहपछि सफल अभिनेत्रीहरू
विवाहका लागि साइत जुर्नुपर्छ तर, अभिनेत्रीहरू भने पेसागत भविष्य निर्माणमै बढी समय खर्चिने हुँदा...
१२ घण्टा अगाडी २ मिनेट पाठ -
चलचित्रले विस्तारै प्रभाव पार्छ: निर्देशक सायमी
चलचित्र हेर्न पुगेका दर्शकलाई सजिलै पात्र र त्यहाँको संसारसँग जोड्न सक्नु निर्देशकको खुबी हो...
२३ घण्टा अगाडी २ मिनेट पाठ -
गायक शिव परियारले दिए ‘धोकेबाज हौ तिमी’ गीतबारे स्पष्टीकरण
गायक शिव परिवारले पछिल्लो समय निकै चर्चामा रहेको ‘धोकेबाज हौ तिमी..’ गीतबारे स्पष्टीकरण दिएका...
१ दिन अगाडी २ मिनेट पाठ -
‘पठान’ भन्दा अगाडि ‘मिसेज चटर्जी भर्सेस नर्वे’
बलिउड अभिनेत्री रानी मुखर्जीको नयाँ फिल्म मिसेज चटर्जी भर्सेस नर्वे गत मार्च १७ का...
१ दिन अगाडी १ मिनेट पाठ -
धुर्मुसले रुँदै भनेः रंगशालाका दुबो मरे होलान, डन्डीमा खिया लाग्यो होला तर इमान्दारितामा दाग लागेको छैन (भिडियोसहित)
चितवनमा क्रिकेट रंगशाला निर्माणको नेतृत्व गरेका सिताराम कट्टेल धुर्मुसले रंगशालाको डण्डीमा खिया लागेपनि इमानदारितामा...
१ दिन अगाडी १ मिनेट पाठ