आइतवार, आश्विन १४ गते २०८०

२०८०, आश्विन १४गते

1st Oct 2023

अल्लू अर्जुन बलिउडमा डेब्यू गर्ने


Nepal Raibar
१९, फाल्गुण २०७९ (अर्काइभ बाट)
अल्लू अर्जुन बलिउडमा डेब्यू गर्ने
साउथ स्टार अल्लू अर्जुन बलिउडमा डेब्यू गर्ने खबरले केही समययता सामाजिक सन्जाल तातिरहेको छ । यसअघि उनी शाहरुख खानको फिल्म ‘जवान’मा अभिनय गर्ने चर्चा थियो, तर त्यो चर्चामै सीमित भयो । अल्लूले शाहरुखसँग सहकार्य चाहेनन् । अब भने अल्लूले निर्माता भूषण कुमार र ‘कविर सिंह’ निर्देशक सन्दीप रेड्डी बागासँग एक ठूलो बजेटको फिल्ममा हस्ताक्षर गरेका छन् । अल्लूसँग आधिकारिक रुपमा टी–सिरिजका मालिक निर्माता भूषण कुमार, प्रणय रेड्डी वांगा, सह–निर्माता शिव चानना र निर्देशक सन्दीपले सहकार्य गर्न लागेका हुन् । उनको नयाँ फिल्मको काम सन्दीपको फिल्म ‘स्पिरिट’को काम पुरा भएसँगै हुनेछ । ‘स्पिरिट’को निर्माण पनि टी(सिरिजले गर्दैछ । फिल्ममा प्रभास प्रमुख भूमिकामा छन् । फिल्मको नाम घोषणा गरिएको छैन । ‘पुष्पा’ फेम्ड अल्लूको नयाँ फिल्म ‘पुष्पा २’ सन् २०२३ मै रिलिज हुँदैछ ।

ताजा अपडेट