जब दीपकराज गिरीले रवि र बालेनहरुलाई कमसेकम ५ बर्ष त विश्वास गरौँ भनेपछि…

कलाकार दीपकराज गिरीले उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने र काठमाडौं महानगरपालिकाको मेयर बालेन साहलाई काम गर्न दिनुपर्ने बताएका छन् । पछिल्लो समय रवि र बालेनले गरेको कामको विषयमा सामाजिक संजालमा विभिन्न अविश्वासको टिका टिप्पणी हुन थालेपछि दुबैलाई कामका लागि कम्तिमा पनि ५ वर्ष विश्वास गर्न उनले सबैलाई अनुरोध गरेका हुन् ।
उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘हामीले कांग्रेस, एमाले र माओवादीलाई वर्षाैँ विश्वास गर्याैँ । अब रवि र बालेनहरु आएका छन् । उनीहरुलाई कमसेकम ५ बर्ष त विश्वास गरौँ ।’
यहि स्टाटसमा बालेनले अहंकारयुक्त प्रतिक्रिया दिएका हुन्। उनले गिरीको लेखमा जवाफम दिएका छन्, ‘बालेनहरु भनेको कति जना हो? बालेन जस्तै अरु पनि २, ३ जना छन्? छन् भने किन ५ वर्ष कुर्नु?’
पछिल्लो समय मेयर बालेनले बनाउने भन्दा भत्काउने काम धेरै गरेको र उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले हत्या अभियोगमा फरार रहेका लक्ष्मी महतो कोइरीलाई पक्राउ गर्न नसकेको भनेर सामाजिक सञ्जालमा टिकाटिप्पणी बढी हुने गरेको छ ।
-
यस कारण अभिनेत्री करिश्माले डिल्लीराम खनालविरुद्ध दिइन् साइबर ब्युरोमा उजुरी!
अभिनेत्री करिश्मा मानन्धरले आफूविरुद्ध जथाभाबी बोलेको भन्दै एक व्यक्तिका विरुद्ध साइबर ब्युरोमा उजुरी हालेकी...
१० घण्टा अगाडी १ मिनेट पाठ -
‘भ्यालेन्टाइन डे’का दिन बसन्त चौधरीका २ नयाँ कृति सार्वजनिक हुने, साथमा एकल कविता वाचन पनि
काठमाडौं । यो वर्षको ‘ भ्यालेन्टाइन डे’ (प्रणय दिवस)को दिन प्रेमिल कवि तथा गीतकारको...
११ घण्टा अगाडी २ मिनेट पाठ -
विवाह बन्धनमा बाँधिए सिद्धार्थ र कियारा
तीन वर्षको डेटिङपछि, बलिउडको सबैभन्दा चर्चित ‘शेर शाह’ जोडी अन्ततः आज विवाह बन्धनमा बाँधिएका...
१२ घण्टा अगाडी २ मिनेट पाठ -
रवि पत्नी निकिता भन्छिन्- आम–संचारले के भन्छ छोडिदेउ, तिमी जनताको मान्छे हो
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पत्नी निकिता पौडेल लामिछानेले निर्भिक भएर काममा लाग्न...
१२ घण्टा अगाडी १ मिनेट पाठ -
नेपाली सिरिज ‘लाल बहादुर, द स्पार्क ‘को ट्रेलर सार्वजनिक
जी मिडिया कनेक्सन प्रा. ली.को ब्यानरमा निर्मित नेपाली सिरिज ‘लाल बहादुर, द स्पार्क ‘को...
१ दिन अगाडी २ मिनेट पाठ