मंगलवार, मंसिर १९ गते २०८०

२०८०, मंसिर १९गते

5th Dec 2023

जब दीपकराज गिरीले रवि र बालेनहरुलाई कमसेकम ५ बर्ष त विश्वास गरौँ भनेपछि...


Nepal Raibar
१०, माघ २०७९ (अर्काइभ बाट)
जब दीपकराज गिरीले रवि र बालेनहरुलाई कमसेकम ५ बर्ष त विश्वास गरौँ भनेपछि...
कलाकार दीपकराज गिरीले उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने र काठमाडौं महानगरपालिकाको मेयर बालेन साहलाई काम गर्न दिनुपर्ने बताएका छन् । पछिल्लो समय रवि र बालेनले गरेको कामको विषयमा सामाजिक संजालमा विभिन्न अविश्वासको टिका टिप्पणी हुन थालेपछि दुबैलाई कामका लागि कम्तिमा पनि ५ वर्ष विश्वास गर्न उनले सबैलाई अनुरोध गरेका हुन् । उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘हामीले कांग्रेस, एमाले र माओवादीलाई वर्षाैँ विश्वास गर्याैँ । अब रवि र बालेनहरु आएका छन् । उनीहरुलाई कमसेकम ५ बर्ष त विश्वास गरौँ ।’ यहि स्टाटसमा बालेनले अहंकारयुक्त प्रतिक्रिया दिएका हुन्। उनले गिरीको लेखमा जवाफम दिएका छन्, ‘बालेनहरु भनेको कति जना हो? बालेन जस्तै अरु पनि २, ३ जना छन्? छन् भने किन ५ वर्ष कुर्नु?’ पछिल्लो समय मेयर बालेनले बनाउने भन्दा भत्काउने काम धेरै गरेको र उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले हत्या अभियोगमा फरार रहेका लक्ष्मी महतो कोइरीलाई पक्राउ गर्न नसकेको भनेर सामाजिक सञ्जालमा टिकाटिप्पणी बढी हुने गरेको छ ।

ताजा अपडेट