फिल्म ‘फूलबारी’ को ट्रेलर सार्वजनिक(भिडियो)

‘कबड्डी’ फेम्ड रामबाबु गुरुङ निर्देशित फिल्म ‘फूलबारी’को ट्रेलर सार्वजनिक भएको छ । विपिन कार्की, अरुणा कार्की, दयाहाङ राई, प्रियंका कार्की, शिल्पा मास्के, गौमाया गुरुङ लगायतको भूमिका रहेको फिल्मको ट्रेलर पारिवारिक सम्बन्धको कथावस्तुमा आधारित छ ।
ट्रेलरमा विपिन र अरुणाले दम्पतीको भूमिका निर्वाह गरेका छन् । एउटा सुखी र रमाइलो घर कसरी असमझारीले उजाडिन्छ र दाम्पत्य जीवनमा प्रेम कति महत्वपूर्ण छ भन्ने सन्देश यसले दिन्छ । छोराबुहारीले वृद्ध बाबुआमालाई गर्ने अपहेलनाको मर्मस्पर्शी दुःखान्त यसमा छ । समग्रमा पुस्तान्तरले एउटा मध्यमवर्गीय नेपाली परिवारमा ल्याउने संकटको कथा हो फूलबारी । विपिन र अरुणाले झण्डै ६० वर्ष टेक्न लागेका अनस्क्रिन दम्पतीको भूमिकामा देखिएका छन् । उपेन्द्र सुब्बाको लेखन तथा कमलकिशोर मलपानीको अवधारणा तथा कथा रहेको यो फिल्मलाई फेमिली ड्रामा जनरामा राखिएको छ ।
दुःख, हाँसो र द्वन्द्वको तत्व समावेश फिल्मको ट्रेलरमा पूर्वी नेपालको आञ्चलिकता पनि प्रस्तुत गरिएको छ । अमेरिकी छायांकार जोस हेरमको छायांकन प्रशंसनीय देखिन्छ । फिल्ममा सोमनाथ खनाल, अनुपम शर्माको पनि महत्वपूर्ण भूमिका छ । फागुन ५ गते प्रदर्शनको तयारीमा रहेको फिल्मलाई यशोधा फिल्म्सको ब्यानरमा निर्माण गरिएको हो ।
कबड्डी ४ ब्लकबस्टर भएपछि निर्देशक गुरुङले होम प्रोडक्सनभन्दा बाहिर यो फिल्म गरेका हुन् ।
-
यस कारण अभिनेत्री करिश्माले डिल्लीराम खनालविरुद्ध दिइन् साइबर ब्युरोमा उजुरी!
अभिनेत्री करिश्मा मानन्धरले आफूविरुद्ध जथाभाबी बोलेको भन्दै एक व्यक्तिका विरुद्ध साइबर ब्युरोमा उजुरी हालेकी...
११ घण्टा अगाडी १ मिनेट पाठ -
‘भ्यालेन्टाइन डे’का दिन बसन्त चौधरीका २ नयाँ कृति सार्वजनिक हुने, साथमा एकल कविता वाचन पनि
काठमाडौं । यो वर्षको ‘ भ्यालेन्टाइन डे’ (प्रणय दिवस)को दिन प्रेमिल कवि तथा गीतकारको...
१२ घण्टा अगाडी २ मिनेट पाठ -
विवाह बन्धनमा बाँधिए सिद्धार्थ र कियारा
तीन वर्षको डेटिङपछि, बलिउडको सबैभन्दा चर्चित ‘शेर शाह’ जोडी अन्ततः आज विवाह बन्धनमा बाँधिएका...
१२ घण्टा अगाडी २ मिनेट पाठ -
रवि पत्नी निकिता भन्छिन्- आम–संचारले के भन्छ छोडिदेउ, तिमी जनताको मान्छे हो
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पत्नी निकिता पौडेल लामिछानेले निर्भिक भएर काममा लाग्न...
१३ घण्टा अगाडी १ मिनेट पाठ -
नेपाली सिरिज ‘लाल बहादुर, द स्पार्क ‘को ट्रेलर सार्वजनिक
जी मिडिया कनेक्सन प्रा. ली.को ब्यानरमा निर्मित नेपाली सिरिज ‘लाल बहादुर, द स्पार्क ‘को...
१ दिन अगाडी २ मिनेट पाठ