एमाले अध्यक्ष ओलीबाट गायिका पूर्णिमा लामा सम्मानित

एमाले अध्यक्ष केपी शर्मा ओलीबाट गायिका पूर्णिमा लामा एपिक संगीत रत्न सम्मान सम्मानित भएकी हुन् । गत शनिबार सम्पन्न चौथो एपिक नेपाल म्युजिक अवार्ड २०७९ विशेष समाहरोहमा पूर्वप्रधानमन्त्री ओलीबाट गायिका लामालाई एपिक संगीत रत्न सम्मानपत्र प्रदान गरेर सम्मानित गरिएको हो । उनलाई एपिक संगीत रत्न सम्मानपत्रसहित ३३ हजार ३३३ रुपैयाँ नगद पुरस्कार प्रदान गरिएको थियो ।
भक्तपुरको सूर्यविनायक नगरपालिका र मध्यपुर थिमि नयरपालिका वडा नं ४ को सहकार्यमा आयोजन गरिएको उक्त चौथो एपिक नेपाल म्युजिक अवार्ड २०७९ समारोहमा सयौँ गीतमा स्वर भरेकी गायिका लामासहित विभिन्न कलाकारहरुलाई पनि सम्मान गरिएको थियो । एपिक संगीत रत्न सम्मानबबाट सम्मानित गायिका लामाले ‘मुटु जली खरानी भो, फूल भनौँ जिन्दगीलाई, आगो, तिमीलाई जती माया’लगायत दर्जनौँ लोकप्रिय गीतहरु नेपाली गीतसंगीत क्षेत्रमा योगदान दिएकी छन् । पछिल्लो समय व्यस्त रहेकी उनी देश विदेशमा हुने सांगीतिक कार्यक्रममा सहभागी हुनलाई भ्याइनभ्याइ छ ।
उनी हङकङ, कोरिया, दुबई, मलेसियामा आयोजित सांगीतिक कार्यक्रममा सहभागी भएर स्वदेश फर्किएकी छन् । उनले पाँचौँ राष्ट्रिय राप्ती म्युजिक अवार्ड (२०७३ सर्वोत्कृष्ठ नवगायिका), पहिलो नेपाल म्युजिक अवार्ड (२०७५ सर्वोत्कृष्ठ नवगायिका), ११ औँ बिन्दबासिनी म्युजिक अवार्ड २०७७ (सर्वोत्कृष्ठ गायिका सुगम संगीत), नवौँ म्युजिक खबर म्युजिक अवार्ड २०७८ (सर्वोत्कृष्ठ गायिका सुगम संगीत) लगायत दर्जनौँ अवार्डहरु हात पारिसकेकी छन् ।
-
सर्वोच्चले माग्यो चोलेन्द्रमाथिको महाअभियोग प्रतिवेदन
सर्वोच्च अदालतले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध महाभियोग सिफारिस समितिबाट पेश भएको प्रतिवेदन पेश गर्न...
७ घण्टा अगाडी २ मिनेट पाठ -
एमाले उम्मेदवारलाई राष्ट्रपति बनाए संविधान नै दुर्घटनामा पर्ने खतरा छ: गगन थापा
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले एमाले उम्मेदवारलाई राष्ट्रपति बनाए संविधान नै दुर्घटनामा पर्ने खतरा...
११ घण्टा अगाडी २ मिनेट पाठ -
राष्ट्रियसभा उपाध्यक्ष अर्यालद्वारा पार्टीको जिम्मेवारीबाट अलग भएको घोषणा
राष्ट्रियसभाकी उपाध्यक्ष उर्मिला अर्यालले नेकपा माओवादी केन्द्रसँगको सम्पूर्ण जिम्मेवारीबाट अलग भएको घोषणा गरेकी छन्...
११ घण्टा अगाडी १ मिनेट पाठ -
विप्लव नेतृत्वको नेकपाले ५ र १५ फागुनमा देशव्यापी प्रदर्शन गर्ने
नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले महंगी र चर्को ब्याजदरविरुद्ध फागुन ५ र...
११ घण्टा अगाडी १ मिनेट पाठ -
राष्ट्रिय सभा उपाध्यक्ष उर्मिला अर्यालले दिइन् पार्टीबाट राजीनामा
राष्ट्रिय सभाकी उपाध्यक्ष उर्मिला अर्यालले पार्टीबाट राजीनामा दिएकी छिन् । मंगलबार राष्ट्रिय सभाको उपाध्यक्ष...
११ घण्टा अगाडी १ मिनेट पाठ