महिलाको संघर्ष र साहसको कथामा ‘देउराली डाँडी’

वान वर्ल्ड थिएटर नेपालसँगको सहकार्यमा तयार भएको नाटक ‘देउराली डाँडी’ को मञ्चन पिङ्गलास्थानको ‘सत्यमोहन जोशी स्टुडियो थिएटर’ मा भइरहेको छ । रङ्गकर्मी सहलेसको लेखन तथा अमेरिकी रङ्गकर्मी रोज स्वाइट्जको निर्देशनमा तयार पारिएको नाटक गुरुङ समुदायमा प्रचलित घाटु नृत्यमा आधारित छ ।
घाटु नृत्य प्रदर्शन गर्ने गाउँको कथा भनिएको सो नाटकमा धेरै वर्षअघि फैलिएको महामारीले गाउँका सम्पूर्ण पुरुष परदेश गएका देखाइएको छ । उजाडिएको देउरालीमा महिलाले गरिरहेको सङ्घर्षकै बीच महामारीको लक्षण पुनः देखापरेपछि वैदेशिक रोजगारीमा जानुपर्ने डरले त्रस्त बनेको वातावरणलाई चित्रण गरिएको छ । सङ्घर्षको अन्तिम समयसम्म महिलाले घाटु नाचको कथा र गाउँको पुरानो जीवनशैली खोज्ने साहस र आशा नै ‘देउराली डाँडी’ हो ।
दिया मास्के, पशुपति राई, मेनुका प्रधान, बिनिता थापामगर, रञ्जना भट्टराई र सरस्वती चौधरीको अभिनय रहेको नाटक लम्जुङको नाल्मा गाउँमा गरिएको घाटु नाचको अध्ययन–अनुसन्धानको आधारमा बनाइएको निर्देशक स्वाइट्जले जानकारी दिए ।
एक घण्टा ५० मिनेटको उक्त नाटक विदेश जान विमानस्थलमा लाम बसेकाको सपना र विदेशबाट लास बनेर फर्केकाको विपनालाई चित्रण गरिएको छ । हुम बिसीले डिजाइन गरेको देउराली डाँडीको सुकेको रूख र दृश्य परिवर्तनले रङ्गमञ्चको पृष्ठभूमिमा राखिने सेतो र खैरो रङका पर्खाल र गाउँको ढुङ्गे धाराले कथाको भावलाई अथ्र्याएको पाइन्छ ।
सन्जिता पराजुलीको कस्ट्युममा कला संस्कृति र पहिचान झल्काउने वेशभूषामा कलाकारहरू स्वभाविक देखिएका छन् । रङ्मञ्चको एउटा कुनामा बसेर धुन बजाइरहेका वाद्यवादक चन्द्रकुमार गन्दर्भ र सुबलमणि सापकोटाको मधुर धुन नाटकभर सुनिन्छ ।
सह–निर्देशक विजया कार्कीका अनुसार यो नाटक माघ १५ गतेसम्म नियमित मञ्चन हुनेछ । ‘नाटकले विदेशिने परम्परामा रहेका पुरुष र महिलाको बाध्यतालाई पनि चित्रण गरेको छ । यसमा घाटु नाच र विदेसिने संस्कृतिले निम्त्याएको अवस्थालाई चित्रण गर्न खोजिएको छ’, सहनिर्देशक कार्कीले भने ।
-
यस कारण अभिनेत्री करिश्माले डिल्लीराम खनालविरुद्ध दिइन् साइबर ब्युरोमा उजुरी!
अभिनेत्री करिश्मा मानन्धरले आफूविरुद्ध जथाभाबी बोलेको भन्दै एक व्यक्तिका विरुद्ध साइबर ब्युरोमा उजुरी हालेकी...
११ घण्टा अगाडी १ मिनेट पाठ -
‘भ्यालेन्टाइन डे’का दिन बसन्त चौधरीका २ नयाँ कृति सार्वजनिक हुने, साथमा एकल कविता वाचन पनि
काठमाडौं । यो वर्षको ‘ भ्यालेन्टाइन डे’ (प्रणय दिवस)को दिन प्रेमिल कवि तथा गीतकारको...
११ घण्टा अगाडी २ मिनेट पाठ -
विवाह बन्धनमा बाँधिए सिद्धार्थ र कियारा
तीन वर्षको डेटिङपछि, बलिउडको सबैभन्दा चर्चित ‘शेर शाह’ जोडी अन्ततः आज विवाह बन्धनमा बाँधिएका...
१२ घण्टा अगाडी २ मिनेट पाठ -
रवि पत्नी निकिता भन्छिन्- आम–संचारले के भन्छ छोडिदेउ, तिमी जनताको मान्छे हो
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पत्नी निकिता पौडेल लामिछानेले निर्भिक भएर काममा लाग्न...
१२ घण्टा अगाडी १ मिनेट पाठ -
नेपाली सिरिज ‘लाल बहादुर, द स्पार्क ‘को ट्रेलर सार्वजनिक
जी मिडिया कनेक्सन प्रा. ली.को ब्यानरमा निर्मित नेपाली सिरिज ‘लाल बहादुर, द स्पार्क ‘को...
१ दिन अगाडी २ मिनेट पाठ