विद्यार्थी बेहोस हुन थालेपछि पठनपाठन प्रभावित

विद्यालय समयमा विद्यार्थी बेहोस हुन थालेपछि बैतडीको मेलौली नगरपालिका–७ स्थित मणिलेक मावि काँडामा पठनपाठन प्रभावित भएको छ । कक्षा ७ देखि १२ सम्मका छात्रा विद्यालयमै बेहोस हुने समस्या आएपछि पठनपाठन पनि प्रभावित हुने गरेको विद्यालयका प्रधानाध्यापक देवदत्त कलौनीले बताए ।
उनका अनुसार विद्यालय आइसकेपछि छात्रा रुने, कराउने, काप्ने, बेहोस हुने समस्या देखिने गरेको छ । बिहानको समयमा लाइनमा लागेका बेला र कक्षाकोठामा छात्राहरू बेहोस भएर ढल्ने गरेका प्रधानाध्यापक कलौनीले जानकारी दिए । सुरुमा एक छात्रालाई यो समस्या देखिए लगत्तै अरु छात्रामा पनि देखिएको उनले बताए । ‘विद्यालय समयमा दैनिक चार(पाँच छात्रामा यस्तो समस्या देखिने गरेको छ । १२ देखि १७ उमेर समूहका छात्रामा यो समस्या बढी छ’, कलौनीले भने, ‘विद्यार्थीमा दैनिक बेहोस हुने समस्या देखिन थालेपछि पठनपाठन पनि प्रभावित हुने गरेको छ ।’
छात्रामा देखिएको यस्तो समस्या ‘मास हिस्टेरिया’ रहेको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए । ‘यो सामान्य खालको बिरामीको लक्षण हो । उनीहरुमा भावना उत्पन्न भएर एकबाट अर्कोमा बेहोस हुने क्रम सर्ने गर्दछ’, उनले भने, ‘मनोपरामर्शलाई जोड दिने, सान्त्वना दिने, मनोबल बढाउने खालका कुरा गर्ने, सांस्कृतिक कार्यक्रम गरेर मनोरञ्जन दिनेलगायत क्रियाकलापमा सहभागी गराउनुपर्छ । विस्तारै समस्या कम भएर जान्छ ।’ यसअघि बैतडीको पञ्चेश्वर र सिँगास गाउँपालिकाका विद्यालयमा पनि विद्यार्थी बेहोस हुने समस्या देखा परेको थियो ।
-
द ब्रिटिस कलेजका ४०७ जना विद्यार्थी दीक्षित
ब्रिटिस एजुकेशन ग्रुप अन्तर्गतको द ब्रिटिस कलेज (टीबीसी)का ४०७ जना विद्यार्थीहरु दीक्षित भएका छन्।...
१ दिन अगाडी ३ मिनेट पाठ -
आजबाट देशैभरका सामुदायिक विद्यालय बन्द
आजदेखी देशभरका सामुदायिक विद्यालय अनिश्चितकालिन बन्द हुने भएका छन् । विद्यालय शिक्षा विधेयकमाथि आपत्ति...
५ दिन अगाडी १ मिनेट पाठ -
विधेयकप्रति असन्तुष्टि जनाउँदै शिक्षक महासङ्घ धर्नामा
संघीय संसद्मा दर्ता भएको विद्यालय शिक्षासम्बन्धी विधेयकमा केही प्रावधानमा असन्तुष्टि जनाउँदै नेपाल शिक्षक महासङ्घले...
५ दिन अगाडी २ मिनेट पाठ -
गाउँ-गाउँमा सुविधा सम्पन्न विद्यालय, विद्यार्थी भने घट्दै
रामेछाप । रामेछापमा २०७२ सालको विनाशकारी भूकम्पले भत्काएका सबै विद्यालयका नयाँ भवन बने ।...
६ दिन अगाडी ४ मिनेट पाठ -
शिक्षा विधेयक: शिक्षकहरुले आजदेखि काठमाडौंंमा आन्दोलन गर्ने
नेपाल शिक्षक महासंघले आजदेखि काठमाडौंंमा आन्दोलन गर्ने भएको छ । शिक्षा विधेयकप्रति असन्तुष्टि जनाउँदै महासंघले...
६ दिन अगाडी १ मिनेट पाठ