धर्म / संस्कृति
जनकपुरधाममा सीताराम विवाह महोत्सव धुमधामसँग मनाइँदै

पौराणिक प्रचलनअनुसार मधेस प्रदेशको राजधानी जनकपुरधाममा आज सीताराम विवाह महोत्सव मनाइँदै छ । जनकनन्दिनी सीताको विवाह भएको दिनको स्मरणमा मिथिलावासीले विशेष महोत्सवका रूपमा विवाह महोत्सव मनाउने गरेका हुन् । महोत्सवमा सहभागी हुन अहिले...

विवाह पञ्चमीमा सिँगारिएको जानकी मन्दिर र रामलीलाको झलक ( तस्बिरहरु)

विवाह पञ्चमीको अवसरमा जनकपुरको जानकी मन्दिर सिँगारिएको छ । जनकपुरधाममा आयोजना गरिएको विवाह पञ्चमी महोत्सवको अवसरमा जानकी मन्दिरको प्राङ्गनमा रामलीलाको मञ्चन गरिएको छ। तस्बिरः अजयकुमार साह यो पनि….. विवाह पञ्चमी पर्व देशभर मनाइँदै प्रत्येक वर्ष मार्गशीर्ष शुक्ल पञ्चमीका...

विवाह पञ्चमी पर्व देशभर मनाइँदै

प्रत्येक वर्ष मार्गशीर्ष शुक्ल पञ्चमीका दिन मनाइने विवाह पञ्चमी पर्व आज श्रीरामचन्द्र र सीताको पूजा आराधनासहित प्रतीकात्मक रुपमा विवाह गरिदिएर देशभर मनाइँदैछ । त्रेता युगमा आजअर्थात् मार्गशीर्ष शुक्ल पञ्चमीका दिन सीता र रामको विवाह...

धादिङमा अनौठो जात्रा: तामझामसित माइत झरिन् त्रिपुरासुन्दरी

अघिअघि पञ्चेबाजासँगै नाङ्गो खुँडा, खुकुरी बोकेका युवा । त्यसपछि दियो, कलश, शङ्ख, घण्टसहितका नरनारी, प्रहरी र भक्तजनले बनाएको हाते साङ्लोको घेराभित्र लामो कपाल मात्र देखिने प्रतिमूर्ति । सयौँ मानिस बाटोको दायाँबायाँ बसेर पूजापाठ...

धार्मिक पर्यटनको गन्तव्य ‘महाराजा थान’

पूर्वी नवलपरासीको सदरमुकाम कावासोती बजारबाट करिब सात किलोमिटर उत्तरमा रहेको महाराजा थान मन्दिर धार्मिक पर्यटनको गन्तव्यका रुपमा विकास हुन लागेको छ । परापूर्वकालमा राजा मणिमुकुन्द सेनले स्थापना गरेर पूजापाठ गर्न सुरु गरिएको मन्दिरमा...

त्रिपुरासुन्दरी भगवतीको प्रतिमूर्ति माइथान मन्दिरमा सारियो

त्रिपुरासुन्दरी भगवतीको प्रतिमूर्ति माइथान मन्दिरमा सारिको छ । त्रिपुरासुन्दरी भगवतीको प्रतिमूर्तिलाई धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–४, सल्यानकोट डाँडाको मन्दिरबाट त्रिपुरासुन्दरी गाउँपालिका–६, न्वाघी घर आगिन्चोकस्थित हाँसे बजारको माइथान मन्दिरमा सार्ने क्रममा आइतबार श्रद्धालु भक्तजनको भीड । भगवतीको प्रतिमूर्तिलाई...

पशुपतिको बहुमूल्य नागमणि, एक मुखे रुद्राक्ष र दाहिने शङ्ख बुधबार देखाइने

पशुपतिनाथको भण्डारमा रहेको बहुमूल्य नागमणि, एक मुखे रुद्राक्ष र दाहिने शङ्ख बुधबार बिहान पशुपति क्षेत्रमा सर्वसाधारणका लागि प्रदर्शन गरिने भएको छ । प्रत्येक वर्ष मार्गशीर्ष कृष्ण त्रयोदशीका दिन वर्षभर सुरक्षित राखिएको छ भनेर बहुमूल्य...

वैकुण्ठधाममा मेला लाग्ने

चितवनको माडीस्थित वैकुण्ठधाममा बालाचतुर्दशीको अवसरमा मेला लाग्ने भएको छ । मङ्गलबार बालाचतुर्दशीका दिन माडी नगरपालिका–६ स्थित वैकुण्ठधाममा मेला लाग्ने भएको हो । आफ्ना बुबाआमा नहुनेले पितृको मोक्ष प्राप्तिका लागि बालाचतुर्दशीको अघिल्लो दिन रातभर...

महादीपदान गर्नेसँग शुल्क लिइँदैनः पशुपति क्षेत्र विकास कोष

मार्गशीर्ष कृष्ण त्रयोदशीका दिन आज बेलुकी पशुपति क्षेत्रमा महादीपदान गर्न आउने भक्तजनसँग कुनै शुल्क नउठाइने पशुपति क्षेत्र विकास कोषले जनाएको छ । कोषले शुल्क नलिने भए पनि केही मानिसले भक्तजनसँग शुल्क उठाउने गरेको सूचना...

ताजा अपडेट