Jun 18 2026

Jun 18 2026 | बिहिवार, आषाढ ४ गते २०८३

झरेको पैसा (गीतिकविता)

झरेको होला कसैको पैसा नहाल गोजीमा परिश्रम गरी कमा'को धन आउने छ खोजीमा नगर्नू प्रयोग भेटेको पैसा परिवारभरिमा नआए खोज्न लगेर दिनू गरिबहरूमा १ मन्दिरमा पनि त्यो पैसा लाउनु हुँदैन जानेर दया र धर्म निस्केर जान्छ अपराध ठानेर उपकार गर्नू त्यो सत्यधर्म जानेर बुझेर अर्काको नासो नखानू यसै भेटेको भनेर २ दिनु छ राम्रो अवश्य पनि मालिक मिलेमा नभए देखि उद्धार गर्नू गरिबहरूमा फन्दामा पर्ने नगरिदिनू ,चोरेको नपारी कसैको दोष व्यहोर्नु छैन सोरेको नपारी ३ यो मेरो कलम भन्दै छ यसै सृजना कोरेर अरूको धन नखानू त्यसै चोरेर सोरेर परिश्रम् गरी जमा'को धन सन्तति पाल्नलाई कसैले पनि नबोक्ला पैसा बाटामा फाल्नलाई ४ भेटेको धन नराख आफैं अरूकै धन हो यो मेरो कलम नचाऊ भन्छ त्यो सत्य मन हो कसैको आँसु लागेको दाग क्यै गरी जादैन आशक्ति बनि अरूको धन मनुले खादैन ५ नखानु यसै कसैको धन भेटेको पाएको अरूलाई छल्न सकेर हुन्न आफैंमा आएको रोगले चाप्तै लानेछ एकदिन सासको धन यो अर्काको नासो भेटेको खाई के पाल्नु तन यो । -भानु ढुङ्गाना छन्द: लोक झ्याउरे हाल : क्यानेडा