गीतकार प्रतिभा ढुंगानाको नयाँ गीत 'देखे जस्तो लाग्यो' सार्वजनिक भएको छ । लोकप्रिय गायक शिव परियारको स्वर र देबेन्द्र बरालको संगीत रहेको गीतमा दिनेश न्यौपानेको एरेन्ज रहेको छ ।
नेपालमा अझै १५ लाख बालबालिकाहरु श्रमिकको रूपमा काम गर्न बाध्य रहेको अबस्थामा बालश्रम नगराउ भन्ने सामाजिक सन्देशको लागि भिडियोको कथा बस्तु बालश्रम राखिएको गायक परियारले जानकरी दिनु भयो । भिडियोलाइ राइट ट्युन इन्टरटेन्टमेन्टले निर्माण गरेको हो । भिडियोमा मोडेल विकास लामिछाने र बिना राउतको साथमा बालकलाकार शास्वोत बिक्रम शाही र सुरंगना शाहीको अभिनय रहेको छ । बिशाल थापाको सीनेमाटोग्राफी र दिन्सन शाहको सम्पादन रहेको भिडियोलाई गणेश शाहीले निर्देशन गरेका हुन् ।
https://www.youtube.com/watch?v=UBBmD9ahah0