के–के हुन् साहित्यका नवरस?

रस संस्कृत भाषाको ‘रस्’ धातुमा ‘अ’ प्रत्यय गाँसिएर व्युत्पन्न शब्द हो। यसको व्युत्पत्तिगत अर्थ स्वाद ग्रहण गर्न मिल्ने पदार्थ तत्त्व हो। रसका प्रायोगिक क्षेत्र विविध छन्, दार्शनिक सन्दर्भमा विभिन्न किसिमले रस प्रयुक्त हुन्छ, त्यहाँ यसलाई पदार्थको गुणका रूपमा प्रयोग गरिएको पाइन्छ। आयुर्वेदमा रसलाई अमिलो, पिरो, तीतो, टर्रो, गुलियो नुनिलो आदि छ किसिमका स्वादका रूपमा चर्चा गरिन्छ।
व्यवहारिक परिप्रेक्ष्यमा रुचि र सन्तुष्टिका सन्दर्भमा यसको प्रयोग हुन्छ भने खाद्यपदार्थका प्रसङ्गमा झोलिलो तरल पदार्थको द्योतन रसले गर्दछ। यी विभिन्न प्रायोगिक सन्दर्भमा रसको प्रयोग भए पनि यो विशेषतः साहित्यिक सन्दर्भमा बढी प्रयुक्त छ। रसशास्त्रीहरूले मुख्यतः ९ किसिमका रसका प्रकार ठम्याएका छन्। ती हुन्, श्रृङ्गार, वीर, करुण, हास्य, रौद्र, भयानक, बीभत्स, अद्भुत र शान्त।
(१) श्रृङ्गार रस :– श्रृङ्गार रसले सबैलाई संवेदित तुल्याउन सक्दछ। त्यसैले यसलाई रसराज (रसको राजा) पनि भनिन्छ। यो स्त्रीपुरुषको पवित्र प्रेमबाट व्यक्त हुन्छ। यसलाई मुख्य रूपमा दुई किसिमको मानिएको छ, सम्भोग श्रृङ्गार र विप्रलम्भ श्रृङ्गार। यस रसको स्थायीभाव रति (परस्पर प्रेम) हो। नायक–नायिका एकअर्काको रतिका निम्ति आलम्बन विभाव बन्दछन्। सम्भोग श्रृङ्गारमा एकान्त ठाउँ, कोइलीको स्वर, भोगविलासका सामग्रीहरू उद्दीपन विभाव बन्दछन् भने विप्रलम्भमा पहिले सम्भोगावस्थामा उपभोग गरिएका साधनहरू देख्नु र सम्झनु उद्दीपन विभाव बन्दछन्। सम्भोगमा प्रेमपूर्ण दृष्टि, कटाक्ष, पसिना आउनु आदि अनुभाव मानिन्छन् भने विप्रलम्भमा सम्भोगका लागि छट्पटाउनु, पिरोलिनु आदि नै अनुभाव बनेका हुन्छन्। लज्जादि सम्भोगका र उत्सुकता, चिन्ता आदि विप्रलम्भका सञ्चारी भाव हुन्।
(२) वीर रस :– शत्रु वा प्रतिद्वन्द्वीको पराक्रम, उदारता, दानशीलताको प्रशंसा सुनेर आफूले पनि त्यस्तै कार्य गरेर यशस्वी हुने जुन उत्साह मनमा जाग्छ, त्यसबाट वीर रसको उत्पत्ति हुन्छ। यस रसको आलम्बन शत्रु वा प्रतिद्वन्द्वी हुन्छ भने युद्धदर्शन, वीरता प्रदर्शन आदि यसका उद्दीपन हुन्छन्। विपक्षीको तिरस्कार, अस्त्रप्रहार, कठोर वचन आदि यस रसका अनुभाव हुन् भने गर्व,धैर्य, रोमाञ्च आदि व्यभिचारी हुन्। उत्साह यस रसको स्थायीभाव हुन्छ।
(३) करुण रस :– आफ्नो प्यारो वस्तुको विनाश र अप्रिय वस्तुको प्राप्तिबाट करुण रसको उत्पत्ति हुन्छ। मनमा उर्लिएर आउने शोकभाव नै करुण रसको स्थायी भाव हो। विनष्ट वस्तु आलम्बन र विनष्ट वस्तुको गुण र स्मरण वा स्मरण वा स्मरण गराउने चीजबिज उद्दीपन विभाव हुन्। रुनु, कराउनु आदि अनुभाव र मूच्र्छा, उन्माद, ग्लानि, चिन्ता आदि व्यभिचारी भाव भन्छन्।
(४) हाँस्य रस :– अनौठा र विकृत आकार भएका चीजहरूले र अनौठा वर्णनहरूले हाम्रा मनमा एक किसिमको हाँसोको भाव उत्पन्न हुन्छ, यही भाव साहित्यमा हास्य रसमा परिणत भएको हुन्छ। यस रसको स्थायीभाव हाँसो हो। अनौठा र विकृत आकार भएका चीज आलम्बन र विकृत एवं अनौठा किसिमका चेष्टाहरू उद्दीपन विभाव हुन्। हाँसो आउनु, आँखा केही चिम्लनु, मुख खुकुलिनु या विकृत हुनु आदि व्यभिचारी भाव हुन्।
(५) रौद्र रस :– शत्रुहरूको आफूप्रति अपमानजनक एवं अपराधपूर्ण क्रियाकलाप हाम्रा मनमा एक किसिमको बदलाको भाव उत्पन्न हुन्छ। त्यसलाई हामी क्रोध भन्दछौं। यही भाव रौद्र रसमा स्थायी भाव हुन्छ। यसमा शत्रु आलम्बन, उसका क्रियाकलाप उद्दीपन, राताराता आँखा बनाउनु, ओठ टोक्नु, दाह्रा किट्नु, हतियार उठाउनु आदि अनुभाव र गर्व, आवेग आदि व्यभिचारी भाव हुन्।
(६) भयानक रस :– भयप्रद जन्तु, घटना वा दृश्य देखेर मनमा जुन डरलाग्दो चित्तवृत्ति उत्पन्न हुन्छ, त्यसबाट भयानक रसको अभिव्यक्ति हुन्छ। भयानक जन्तु वा विषय यसको आलम्बन र भयङ्कर जन्तुका भयप्रद चेष्टा यसका उद्दीपन हुन्। गदगद स्वरले बोल्नु, पसिना काड्नु आदि यसका अनुभाव हुन् भने शङ्का, मूच्र्छा, मृत्यु आदि व्यभिचारी भाव हुन्। भय यस रसको स्थायीभाव हुन्छ।
(७) अद्भुत रस :– अलौकिक अथवा विचित्र वस्तु, दृश्य वा घटनालाई देख्दा वा सुन्दा उत्पन्न हुने विष्मयात्मक चित्तवृत्ति अद्भुत रस हो। अलौकिक वा अनौठो विषय व वस्तु यसको आलम्बन हुन्छ र त्यस अलौकिक विषय वा वस्तुको महिमा अथवा चमत्कार यसको उद्दीपन हुन्छ। पसिना, रोमाञ्च, आँखा फैलाउनु आदि यसका अनुभाव हुन् भने त्रास, जडता आदि यसका व्यभिचारी भाव हुन्। विस्मय वा आश्चर्य यस रसको स्थायीभाव हो।
(८) बीभत्स रस :– घृणित वस्तु वा व्यक्तिलाई देखेर उत्पन्न हुने चित्तवृत्ति बीभत्स रस हो। यसको आलम्बन दुर्गन्धित र घृणित वस्तु हुन्छ र उद्दीपन घृणालाई सम्बद्र्धित गर्ने तत्त्व हुन्छन्। थुक्नु, आँखा चिम्लनु, नाक थुन्नु आदि यसका अनुभव हुन् र आवेग, मूच्र्छा, व्याधि आदि यसका सञ्चारी भाव हुन्। घृणा यस रसको स्थायी भाव हो।
(९) शान्त रस :– शान्त रस संसार एक सपना हो, यहाँ भएका सबै प्राणी र चीजबिजहरू क्षणभङ्गुण छन् भन्ने ज्ञानले हामीमा संसारप्रति एक किसिमको वितृष्णाको भाव उत्पन्न हुन्छ, यही भावलाई निर्वेद अर्थात् वैराग्य भन्दछन्। यही वैराग्यको स्थिति नै शान्त रसमा स्थायीभाव बनेको हुन्छ। यसमा निस्सार संसार, आध्यात्मिक चिन्तन, शान्त अनुभूति आदि उद्दीपन विभाव हुन्छन्। यस्ता विभावहरूबाट उत्पन्न भएको सात्विक रोमाञ्च, आँसु आदि अनुभाव र हर्ष, स्मृति, विरक्ति, पश्चात्ताप आदि सञ्चारी भाव हुन्।
-
लोकप्रिय बन्दै गुणराजको गजल ‘मौसम खराब थ्यो’ ( भिडियो )
धेरै लोकप्रिय गीतहरु बजारमा ल्याइसकेका युवा गायक गुणराज श्रेष्ठ पहिलो पटक सांगीतिक कोसेली गज़ल...
१७ घण्टा अगाडी १ मिनेट पाठ -
लक्ष्मण र कामना अभिनित ‘अलि अलि’ सार्वजनिक ( भिडियो )
काठमाडौं । लोकप्रिय गायिका मेलिना राई र गायक कृष्ण बस्यालको सुमधर स्वरमा सजिएको रोमान्टिक...
४ दिन अगाडी २ मिनेट पाठ -
पवनको स्वर, विजयको शब्दमा रहेको ‘किन किन’ सार्वजनिक ( भिडियो )
काठमाडौं । गायक पवन विष्टको सुमधुर स्वरमा सजिएको ‘किन किन’ बोलको म्युजिक भिडियो सार्वजनिक...
४ दिन अगाडी १ मिनेट पाठ -
जीवन र गरिमा अभिनित गीतकार आर बी खड्काको ‘आइजदैब’ सार्वजनिक ( भिडियो )
काठमाडौं । पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरुले ज्यादतीको बिरुद्द नेपाल राष्ट्रिय व्यवसायी महासंघलगायत...
५ दिन अगाडी २ मिनेट पाठ -
चर्चित गीत ‘तिमीले साथ’को अफिसिएल भिडियो सार्वजनिक ( भिडियो )
काठमाडौं । करिव १ दशक अघि एफएम रेडियोमा सर्वाधिक बजेको र धेरै सोर्ताको मनमुटुमा...
२ हप्ता अगाडी १ मिनेट पाठ