सुचिन्दा श्रेष्ठ र सन्जिबको भिडियो ‘तिमी मेरो’ले रिलिज संगै चर्चा बटुल्दै

गायिका सुचिन्दा श्रेष्ठ र गायक अमन प्रधानको स्वरमा रहेको गीत ‘तिमी मेरो’सार्वजनिक भए संगै चर्चा बटुल्न सुरु गरेको छ । वरिष्ठ गीतकार अम्बिका गुरुङको शब्दरचना र अमन प्रधानको नै सगीत रहेको गीत वेष्टन पप जनरामा बनाइएको छ । गायिका सुचिन्दा श्रेष्ठ र सन्जिब थेबे लिम्बुको अभिनय रहेको गीतको भिडियोमा पछिल्लो समय मुलुकबाट युवाहरु विदेशिने ट्रेन्ड र बिदेशमा रहेका प्रेमीलाइ कुरिरहेकी प्रेमिका बीचको प्रगाढ प्रेमिल भावलाई समेटेर अत्यन्तै रोमान्टिक र संयोगान्त सन्देशमुलक कथामा देखाइएको छ।
भावसागर इन्टरटेन्टमेन्ट च्यानलबाट रिलिज गरिएको भिडियोलाइ पछिल्लो समयका चर्चित भिडियोहरु निर्देशन गरिसकेका सफल निर्देशक राजेश पुमा राईले निर्देशन गरेका हुन् भिडियोमा उत्सब दाहालको क्यामेरा, अस्मिता राईको मेकअप ,र बिकास दाहालको सम्पादन रहेको छ।
सानै उमेर देखि नै गायन, नृत्य र कलामा अब्बल सुचिन्दा श्रेष्ठको यसअघि “एक चोटि आईदेउन” बोलको गीत सार्वजनिक भै चर्चा बटुलिसकेको छ भने नेपाली कथानक चलचित्र “शान्ति”मा मुख्य भुमिकामा अभिनय गरिसकेका नायक तथा मोडल सन्जिब थेबेले अन्य केही म्युजिक भिडियोमा समेत आफ्नो अभिनय मार्फत नेपाली दर्शक स्रोता समक्ष दर्बिलो उपस्तिथि जनाईसकेका छन।
ताप्लेजुङ्को सिरिजँघा १ सिनाममा जन्म भै हङकङलाई बसोबास गर्दै आएका समाजसेवी वसन्त थेवे ‘तिमी मेरो’को भिडियो निर्माता हुन् ।
-
यी हुन् विवाहपछि सफल अभिनेत्रीहरू
विवाहका लागि साइत जुर्नुपर्छ तर, अभिनेत्रीहरू भने पेसागत भविष्य निर्माणमै बढी समय खर्चिने हुँदा...
१४ घण्टा अगाडी २ मिनेट पाठ -
चलचित्रले विस्तारै प्रभाव पार्छ: निर्देशक सायमी
चलचित्र हेर्न पुगेका दर्शकलाई सजिलै पात्र र त्यहाँको संसारसँग जोड्न सक्नु निर्देशकको खुबी हो...
१ दिन अगाडी २ मिनेट पाठ -
गायक शिव परियारले दिए ‘धोकेबाज हौ तिमी’ गीतबारे स्पष्टीकरण
गायक शिव परिवारले पछिल्लो समय निकै चर्चामा रहेको ‘धोकेबाज हौ तिमी..’ गीतबारे स्पष्टीकरण दिएका...
१ दिन अगाडी २ मिनेट पाठ -
‘पठान’ भन्दा अगाडि ‘मिसेज चटर्जी भर्सेस नर्वे’
बलिउड अभिनेत्री रानी मुखर्जीको नयाँ फिल्म मिसेज चटर्जी भर्सेस नर्वे गत मार्च १७ का...
१ दिन अगाडी १ मिनेट पाठ -
धुर्मुसले रुँदै भनेः रंगशालाका दुबो मरे होलान, डन्डीमा खिया लाग्यो होला तर इमान्दारितामा दाग लागेको छैन (भिडियोसहित)
चितवनमा क्रिकेट रंगशाला निर्माणको नेतृत्व गरेका सिताराम कट्टेल धुर्मुसले रंगशालाको डण्डीमा खिया लागेपनि इमानदारितामा...
१ दिन अगाडी १ मिनेट पाठ