राङ्कामा साहित्य मञ्चको ‘पलेँटी शृङ्खला’ सम्पन्न

अभियान साहित्य समिति, राङ्काद्वारा सामयिकरूपमा आयोजन गरिँदै आइरहेको कार्यक्रम ‘साहित्य मञ्च’-को ५३औं प्रकरण सम्पन्न भयो। माघेसंक्रान्तिको छेक पारेर १४ जनवरी २०२३ को दिन आयोजित ‘साहित्य मञ्च’को ‘पलेँटी शृङ्खला’-मा गजलसङ्ग्रह ‘आकाश मेरो पनि’-माथि चर्चा गरिएको थियो।
सिक्किम गजल मञ्चकी संस्थापक अध्यक्ष गजलकार जीविका अश्रुको तेस्रो कृति ‘आकाश मेरो पनि’-को चर्चाको क्रममा गजलकार मोहन गौतमले समीक्षात्मक मन्तव्य राखेका थिए। उनले गजलको ऐतिहासिक पृष्ठभूमि संक्षिप्तमा राक्दै गजल लेखनको सिद्धान्तमाथि पनि प्रकाश पारेका थिए। ‘आकाश मेरो पनि’-माथि-बोल्दै गौतमले यस कृतिभित्रका गजलहहरूमा विभिन्न भाव र विचारहरूलाई उतारिएको बताए।
जम्मा १२८ पृष्ठमा रहेको ‘आकाश मेरो पनि’-मा ११४ वटा उत्कृष्ट गजलहरू समाविष्ट रहेको पनि गगौतमले बताए। यसरी नै स्रष्टा जीविका अश्रुले आफ्ना कुराहरू राखेकी थिइन्। आफ्नो कुरामा उनले गजलसङ्ग्रह कसरी प्रकाशित भयो भन्ने स्पष्ट पारेपनि गजलहरू के-कस्ता छन् भन्ने पाठकहरूमा निर्भर रहने बताइन्।
यसका साथै ‘स्रष्टासित कुराकानी’-को क्रममा उपस्थित कवि-साहित्यकारहरूले राकेको प्रश्नको जवामा ‘अश्रु’ले गजल कहिलेदेखि लेख्न शुरु गरेकी, गजल नै किन? र यसको विशेष के लाग्छ भन्ने प्रकाश पारेकी थिइन्। यसअघि मोहन गौतम, अर्जुन यावा, कृष्णमाया खरेल आदिले पनि ‘आकाश मेरो पनि’-का गजलहरू वाचन गरेका थिए भने ‘अश्रु’ स्वयंले पनि केही गजल वाचन गरेकी थिइन्। कार्यक्रममा वयोवृद्ध अविचन्द्र पाण्डेले पनि भानुभक्तको ‘घाँसी’ सुनाएका थिए भने बालकलाकार अस्मिता राईले ‘गीत’ सुनाएर सबैलाई रमाइलो गराएकी थिइन्।
मुख्य अतिथि एवं सभाध्यक्षबिनै आयोजन गरिएको कार्यक्रम समितिका पूर्वाध्यक्ष इम्मानुएल गिफ्टको स्वागत सम्बोधनबाट शुरु गरिएको थियो भने अभियानका सदस्य एवं समाजसेवक विष्णु क्षेत्रीको धन्यवाद ज्ञापनपछि समापन गरिएको थियो। अध्यक्ष अर्जुन यावाद्वारा सञ्चालित कार्यक्रममा गान्तोकबाट आएका वरिष्ठ कवि अमर बानियाँ ‘लोहोरो’ र वरिष्ठ पत्रकार एवं कवि प्रवीण खालिङका साथै स्थानीय कवि कमलकुमार बुङ्छेनलगायत अन्य स्थानीय कविहरूले पनि आ-आफ्ना रचना पाठ गरेका थिए।
-
नेपाली सिरिज ‘लाल बहादुर, द स्पार्क ‘को ट्रेलर सार्वजनिक
जी मिडिया कनेक्सन प्रा. ली.को ब्यानरमा निर्मित नेपाली सिरिज ‘लाल बहादुर, द स्पार्क ‘को...
१ दिन अगाडी २ मिनेट पाठ -
लोहोराको कथा (बालकविता)
वनको बाटो गुडुल्क्याउँदै पहिराले ल्यायो पहिराले ल्याएपछि खोलैखोला आयो सुस्त सुस्त पाइला चाल्दै कहिले छिटो कुद्दै पानी...
४ दिन अगाडी १ मिनेट पाठ -
काफलडाडाका मगर समुदायको पुरख्यौली नाच (भिडियो)
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८ काफलडाडाका मगर समुदाय पुरख्यौली नाच संरक्षणमा जुटेका छन् । बेनीमा सञ्चालित म्याग्दी...
२ हप्ता अगाडी १ मिनेट पाठ -
भिडियोमा हेर्नुहोस् बेनीका नेवार समुदायको मौलिक हनुमान नाच, के छ पृथ्वीनारायण शाहसँग साइनो?
हनुमान नाच म्याग्दीको बेनीमा बसोबास गर्ने नेवार समुदायको मौलिक संस्कृति हो । नेपाल एकिकरणका क्रममा...
२ हप्ता अगाडी २ मिनेट पाठ -
लण्डनबाट सुधाको कोसेली ‘ख्याल ठट्टा’ ( भिडियो )
काठमाडौं । गीतकार सुधा मरहट्टाको शब्दमा रहेको संदेश मुलक गीत ‘ख्याल ठट्टा’को म्युजिक भिडियो...
३ हप्ता अगाडी १ मिनेट पाठ