Jul 09 2026

Jul 09 2026 | बिहिवार, आषाढ २५ गते २०८३

सिद्धिश्वरमान अक्षलोक साहित्यिक केन्द्रद्वारा “सम्मान तथा अक्षलोक लोकार्पण” कार्यक्रम सम्पन्न

सिद्धिश्वरमान अक्षलोक साहित्यिक केन्द्रले स्वास्थ तथा जनसंख्या मन्त्री माननीय भवानी प्रसाद खापुङको प्रमुख आतिथ्य एवं नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति श्री गंगा प्रसाद उप्रेतीको विशिष्ट आतिथ्यमा “सम्मान तथा अक्षलोक लोकार्पण” कार्यक्रममा गरेको छ । केन्द्रको अध्यक्ष ई. स्वजन स्वराज शाक्यको अध्यक्षतामा अक्षलोक साहित्यिक पत्रिका मार्फत सामाजिक, राजनितिक, साहित्यिक, एवं शैक्षिक रूपान्तरणमा आजन्म तपस्यारत रहि गत वर्ष कोभिडले स्वगारोहन भएका प्राध्यापक सिद्धिश्वरमान श्रेष्ठको पुन्यस्मृतिमा आयोजित कार्यक्रममा साहित्य, समाजसेवा, र शिक्षाको क्षेत्रमा विशेष योगदान गर्ने चार व्यक्तित्वहरुलाई नगद रु १०,००० सहितको पुरस्कार प्रदान गरिएको थियो । यसमा सिद्धिश्वरमान—मिलनमुक्ति उत्कृष्ट साहित्य साधना पुरस्कार वरिष्ट साहित्यकार शुशिला प्रधानांगलाई, सिद्धिश्वरमान—चन्द्रविष्णु अन्तराष्ट्रिय सामाजिक योगदान पुरस्कार, अमेरिकामा रहि समाजसेवाको क्षेत्रमा उदाहरणीय योगदान पु¥याउनु हुने सैलेन्द्र कुमार मानन्धरलाई, सिद्धिश्वरमान—महेश्वरमान श्रेष्ठ उत्कृष्ट प्राध्यापक उत्प्रेरणा पुरष्कार, वरिष्ट अर्थश्रात्री प्रा.डा. गोविन्द नेपाललाई, सिद्धिश्वरमान—विजया तिवारी उत्कृष्ट शिक्षक उत्प्रेरक पुरस्कार, शिक्षाकर्मि सिमीता देवी रंजितकारलाई प्रदान गरिएको थियो । यसको साथै नेपाली साहित्य, समाज, स्वास्थ्य र शिक्षामा उदाहरणीय कार्य गरि समाज रूपांतरणमा बलियो टेवा पु¥याएका अन्य व्यक्तिहरुलाई पनि सम्मान गरिएको थियो । नेपाली साहित्यमा विगत पाँच दसक भन्दा बढि समयदेखि योगदान गर्दै आएका एवं नेपाली साहित्यलाई नयाँ आयाम दिने चार साहित्यकारहरू माया ठकुरी, पदमावति सिंह, भागिरथी श्रेष्ठ, र जलेश्वरी श्रेष्ठलाई नेपाली साहित्यको आमा खम्बाको रुपमा सम्मान गरिएको थियो । यसको साथै नेपाली साहित्यको श्रीवृद्धीमा भगिरथ तपस्वी जोडी मोहन दुवाल र भारती श्रेष्ठलाई युगल साहित्य साधकको रूपमा सम्मान गरिएको थियो । अन्य सम्मानीत हुने व्यक्तिहरुमा सरला क्रिस्ट श्रेष्ठ, शुशिला श्रेष्ठ, साधना श्रेष्ठ, प्रा.डा. विधान निधि पौडेल, त्रिभुवन मान श्रेष्ठ, डा. केदार नाथ रंजित, ई. विद्या मानन्धर, मालती वैद्य, शान्त बहादर शाह, डा. मनोज कुमार थापा, पारसमणि दाहाल र विष्णु कुमार अग्रवाल रहेका थिए । यस बाहेक कार्यक्रममा विगत चार दशकभन्दा बढि समयदेखि नेपाली साहित्य प्रेमी माझ स्थापीत अक्षलोक साहित्यिक पत्रिकाका प्रधान सम्पादकका रुपमा कार्यरत सिद्धिश्वर मान श्रेष्ठको स्मृतीमा प्रकाशित अक्षलोकको विषेशांकको लोकार्पण पनि गरिएको थियो । यस विषेशांकमा सिद्धिश्वर मान श्रेष्ठको सम्झनामा उजले नेपालको साहित्य, राजनितीक, र शिक्षा क्षेत्र तथा व्यक्तिगत रुपमा गरेएका कामहरुको सम्झना गरि लेखिएका रचनाहरु समावेश गरिएको छ । कार्यक्रममा बोल्दै स्वास्थ तथा जनसंख्या मन्त्री भवानी प्रसाद खापुङले सिद्धिश्वर मान श्रेष्ठले नेपालको शिक्षा तथा साहित्य क्षेत्रमा गरेका योगदान बिर्सिन नसकिने र उनी आफ्नो गुरु समेत रहेको कुरा उल्लेख गर्नुभएको थियो । यसको साथै उनले कोरोनाको कारणले औषधि तथा उपचार नपाएर अब नेपालमा कसैले ज्यान गुमाउनु पर्ने अवस्था नरहेको र फेरी पनि कोरोना बढ्दै गएकाले सबैले आफ्नो तर्फबाट सर्तक रहनुपर्ने कुरा पनि उल्लेख गरेका थिए । राष्ट्रिय नाचघरमा भएको कार्यक्रम माधव प्रधान तथा संचार विशषेज्ञ स्वर्णिमा श्रेष्ठ मिलेर संचालन गरेका थिए भने यसमा माननीय डा. विजय सुब्बा, माननीय नन्द कुमार प्रसाई, लेखक तथा अर्थशास्त्री डा. सावित्री श्रेष्ठ, नेपाल संगीत तथा नाट्य प्रतिस्थानका कुलपति रायन, जन—गायक रामेश, प्रा. जगत प्रसाद उपाधयाय, वेनी जंगम, डा. हेमनाथ पौडेल, अशोक राई, प्रा. डा. राजेन्द्र प्रसाद अधिकारी, प्रा. डा. जीवराज पोखेरेल, लगायतका व्यक्तिहरुको उपस्थिती रहेको थियो ।