माछा मार्ने व्यक्तिको मुखभित्र नदीबाट उफ्रिएको माछा पसेपछि…

थाइल्यान्डका एक मानिसको घाँटीमा अड्किएको माछा निकाल्नका लागि आपत्कालीन शल्यक्रिया भएको छ । सो माछा पानीबाट उफ्रिएर उनको मुखमा पसेको थियो ।
सुन्दा नाटकीय लाग्ने सो घटनामा फत्तालुङ प्रान्तमा माछा मार्ने क्रममा अकस्मात् एउटा माछा ती व्यक्तिको मुखभित्र पसेको सञ्चार माध्यमहरूले जनाएका छन् । माछा भित्र पसेपछि उनी निसासिएका थिए ।
श्वास फेर्न नसकेपछि घाँटी समाएर अत्तालिएका उनलाई स्थानीयले फथलुङ प्रादेशिक अस्पतालमा पुर्याएका थिए ।एक घण्टा लामो शल्यक्रियापछि रगतले भरिएको माछालाई उनको घाँटीबाट बाहिर निकालिदिएका थिए । उपचारपछि पहिलेकै अवस्थामा पुगेका उनी अस्पतालबाट डिस्चार्जसमेत भएका छन् ।
‘मुखभित्र माछा पस्ने घटना निकै दुर्लभ हो । यस्तो केस मैले पहिले कहिल्यै देखेको थिइनँ,’ डा. सर्वश्री पाथोमपानिच्रतले भने, ‘हाम्रा डाक्टरहरूले हाम्रो बिरामीको अंगमा हुने क्षतिलाई कम गर्न कडा मेहनत गरे। उनीहरूले बिरामीलाई सफलतापूर्वक बचाएका छन् ।’ एजेन्सी
-
विहान उठ्नै बित्तिकै गर्नुहोस् यी काम, तपाईंलाई हुने छैन पैसाको कमी
भनिन्छ, दिनको संकेत विहानले देखाउँछ। त्यसैले बिहान राम्रो काम गर्यो भने त्यो दिन निकै...
४ दिन अगाडी २ मिनेट पाठ -
विश्वमै पहिलोपटक भेटियो मस्तिष्कमा जीवित कीरा
विश्वमै पहिलोपटक अष्ट्रेलियाकी एक महिलाको मस्तिष्कमा जीवित किरा भेटिएको छ । वैज्ञानिकहरूका अनुसार ती...
४ हप्ता अगाडी ३ मिनेट पाठ -
शिक्षकले बालकलाई थप्पड हान्न लगाएपछि…
एक प्राथमिक विद्यालयकी शिक्षिकाले गणित बिषय पढाउँदै गर्दा दुना (हिसाब गर्ने गणितीय विधि) नजानेपछि...
१ महिना अगाडी २ मिनेट पाठ -
जुनकिरीको पुच्छरमा किन बत्ती बल्छ?, यस्तो छ रहस्य
जुनकिरीले पुच्छरमा प्रकाश किन उत्पन्न गर्छ रु तपाईँ हाम्रो मनमा स्वाभाविक प्रश्न उठ्न सक्छ...
१ महिना अगाडी ३ मिनेट पाठ -
दुनियाकै लामो कपाल भएको गाउँ, जहाँ कपाल हेर्नकै लागि आउँछन् हजारौँ पर्यटक
पर्यटन प्रवर्द्धनका अनेक तरिका हुँदा रहेछन् । एउटा गाउँ गाउँले महिलाहरुको लामो कपालका कारण...
३ महिना अगाडी २ मिनेट पाठ